प्रदेशी साथी नविर्से है!

0
245

-खुमिराम भण्डारी,साउदी अरव

मानविय जीवन को संघर्षसिल यात्रा।
यात्राले डोराएर पुर्यायो त्यो पर्देश,
पर्देशमा भोग्नु परेका अनगिन्ति पीडा
सहनु परेको यातना, शोषण र दमन,
दिन भरिको कामको थकित शरीर
शरीरबाट बगेका खलखल पसिना धारा,
अनि रातको अन्धकार एकान्त कोठा र
सम्झनाका पाना जीवन र अतित,
साथि न विर्से है,,

तिमि जन्मदा खुसियाली र हर्षले हर्षित
जन्मेको त्यो छैठौं दिन गाउँ वाट आएर,
तिम्रो घरको दलानिमा बसि गाएको भजन गित र ती गितकार हरु।
नौमैना कोखमा राखि धर्तिमा पाइला टेकाउने ,आमा
तिम्रो आगमनको खुसिले रमाएका बाबा
दाइ भाइ दिदी बहिनी आफन्त ,
साथि न विर्से है।

तिमी हुर्केको आगन घरको करेसा वारि
तिमी खेल्ने गरेको चौर मैदान,
तिमी हिडेको उकालि ओरालि चिफ्लो वाटो
गाई वस्तु चराएको पाखा पखेरा खोला नदि सुन्दर झरना
साथि न विर्से है,

तिमी सँगै पढेका बढेका तिम्रा दौंतरी साथि संगी ,
तिमिलाइ धेरै माया गर्ने तिम्रो आफ्नो मान्छे,
तिम्रो पाइला पाइलामा साथ दिने आत्मिय साथि।
तिम्रो कुशलताको कामना गर्ने तिम्रो घर छिमेकी हरु।
साथि न विर्से है,

गरिवीको कारणले दवाव, अभाव दु:खमा वितेका पल
आपत विपतमा सहयोग गरेका सहयोगी साथिहरु
तिमी जान्नै हुँदा रिणले चुरलुम्व भएको घरको अवस्था
घितो राखेको खरवारि, घरवारि अनि त्यो बेसीखेत
साथि न विर्से है,

तिम्रो ओठ निचोरेर दूध आउने कलिलो उमेर
वाध्यताले पस्न परेको अर्काको मरभुमि त्यो पर्देश,
विहानको मिरमिरे उज्यालो सँगै,आमाको हातबाट ,
लाएको निधारमा टीका र फुल को माला अनि
आखाबाट बगेका चौधारा आँसु,
झर्लक्क यादले भरिएका परेली ,
दशैंका जमरा तिहारका सप्तरंगी सयपत्रि गोरधौलि फुल
बा-अामाको खुसि दाइभाइ बहिनीको खुसि
सरायनाच दैउसि भैलीगीत रोधिघर को मादलु ताल
धर्म संस्कृर्ति परम्परा अनुसार मनाएका चाडपर्व सम्झदा झरेका आँसु पुछ्दै मिरमिरेसँगै ओराली लागि वसमा चडि रेलमा वसि जाहाडमा उडेको पल
साथि न विर्स है,,,

तिमीसँग, शरीरसँग, शरीरलाई समावेस गरि एउटै
घर छानामुनि वस्न सहर्ष स्विकार गरि जन्म घर बा-आमा, दाइ-भाइ, दिदि-बैनी, साथि-सँगि सबैलाई छाडेर
तिम्रो हात समाएर तिम्रो गाउँ तिम्रो घर आगन दैलो हुँदै
खरको झुपडीलाई महल सम्झि आएकी अर्काकी छोरी
साथि न विर्स है,,,

अनौठो प्रदेशको ठाउँ हातमा पैसा,
कलिलो उमेर वैसालु नसा मनमा रहर र चाहाना,
यौवन सन्तुष्टिको चाहाना ,र प्रदेशी रहनसहन,
वातावरण ,,
साथि तिम्रो सुन्दररुपी लोभ लाग्दो सिर्लिक्क ज्यान
लालुपाते ओठको मुस्कान हिमालसरि सेतामय दन्ते लहर
अनि रुप सुन्दर शरीरले मोहित पार्ला है
साथि अतीत न विर्सै है,
यहाँ त्यहाँ चोखो माया जालमा पारि मिठा मिठा कुरामा भुलाई
मायाको खानि खनेर अनगिन्ति माया दिनेको कमि छैन ,
यसै भित्र पाउने मानसम्मान
तिमिलाई केही खुसिहरु दिएर जवानीको प्यास मेटाइदियर
तिम्रो सोझोपन सहनशीलता, भावनात्मक सम्वन्ध
सकरात्मक सोचको पछि परेर
तिम्रो तन, मन, दिल जितेर स्वार्थी, देखावटी व्यवहारसँग
रँगमञ्च दुनियामा भुलाइ दिने धेरै छन,
स्वार्थ पूरा गरि तिमी लाई रुख चडाई फेद काटि भुइमा पछारिदिने छन साथी याद गर है,
अतीतलाई विर्साएर नयां जिवनको वाटो हिड्छु भन्दा
साथि आफ्नो कर्तव्य न विर्स है,

ए साथि मलाई न विर्से है, म तिमिलाइ धेरै माया गर्ने मान्छे
र त आज यो रचना गरे तिमिमा समर्पित,
म तिम्रो चिन्तन गर्ने मान्छे, तिमिलाई चाहाने मान्छे,
माया गर्ने साथि मलाइ न विर्स है,,
तिम्रो मेरो देश अनि गाउँ वस्ति घर परिवार
आफन्त, दाजु-भाइ, दिदी-बैनी
म तिमिलाइ धेरै चाहने मान्छे
पर्देश को रँगिचँगि दुनियमा मलाई नविर्स है
ए पर्देशि न विर्स है,

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here