कञ्चनपुर दाङ अभियान अन्तर्गत नेपालगञ्जमा अन्तरक्रिया सम्पन्न

0
166

-गौरीलाल कार्की, नेपालगंज/
अखिल नेपाल जनजाति सम्मेलन केन्द्रिय समितिको आयोजना मुक्त कमैयाको उचित व्यवस्थापन गर भन्ने नाराको “कंचनपुर-दाङ अभियान” अन्तर्गत बिहीबार बाँकेको नेपालगन्जमा मुक्त कमैयाका समस्या र समाधान विषयक एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि सम्मेलनका अध्यक्ष निमबहादुर बुढाथोकीले यो अभियानले विशेषगरी ५ वटा जिल्लामा रहेका मुक्त कमैयाका समस्याको पहिँचान गरेर संघर्षको उठान गर्ने उदेश्य राखेको बताउनु भयो । मुक्त कमैया लगायत सम्पुर्ण उत्पीडित जनवर्गका सम्पुर्ण समस्याको समाधान लामो संघर्ष पछिको आमूल परिवर्तन पछी मात्र संभव हुने बताउनु भयो ।

कार्यक्रममा अखिल नेपाल युवक संघका महासचिव कृष्णराज पाण्डे, रक्तिम सांस्कृतिक अभियान केन्द्रिय उपाध्यक्ष मानबहादुर भण्डारी, राजमो बाँके उपाध्यक्ष जगदीश ढकाल, अखिल नेपाल जनजाति सम्मेलन बर्दिया अध्यक्ष लोकबहादुर राना, नेकपा ( नेकपा ) का प्रतिनिधि प्रेमबहादुर शाह, तराई मधेस जनवादी मोर्चाका केन्द्रिय सल्लाहकार मोमिना खातुन हुनुहुन्थ्यो भने युवक संघ बाँके अध्यक्ष भरत खड्का, अखिल ( छैठौं ) अध्यक्ष नमराज चन्द, अखिल नेपाल महिला संघ जिल्ला उपाध्यक्ष पार्वती कार्कीको समेत आतिथ्यता रहेको थियो । अन्तरक्रियाको विषयवस्तुमा छलफल चलाउन र सुझाव दिन फ्लोर खुल्ला गरिएको थियोे फ्लोरबाट राष्ट्रिय जनमोर्चा बाँके पुर्व अध्यक्ष गौरीलाल कार्कीं, रक्तिम पुर्व संयोजक सरद लामिछाने, राजमो कोहलपुरका नेता भवानीप्रसाद शर्मा, महिला नेत्री बलिसरा पुन लगायतले आफ्ना आफ्ना सुझाव दिनुभएको थियो ।

अखिल नेपाल जनजाति सम्मेलनका महासचिव रामबहादुर बुढाले मुक्त कमैयाका समस्या र समाधानको बिसयमा आधारपत्र प्रस्तुत गर्नुभएको उक्त अन्तरक्रिया कार्यक्रमको अध्यक्षता अखिल नेपाल जनजाति सम्मेलनका बाँके अध्यक्ष ज्ञानुमाया राना, संचालन केन्द्रिय सदस्य नरेश आले र स्वागत केन्द्रिय उपाध्यक्ष लालबहादुर रानाले गर्नुभएको थियो ।

अन्तरक्रिया हुनुभन्दा अगाडि अखिल नेपाल जनजाति सम्मेलनका अध्यक्ष निमबहादुर बुढाथोकी, महासचिव रामबहादुर बुढा, उपाध्यक्ष लालबहादुर राना र केन्द्रिय सदस्य नरेश आलेको नेतृत्वमा जिल्ला प्रशासन कार्यलय बाँकेमा पुगेर करिब ४५ जनाको टोलिले प्रमुख जिल्ला अधिकारीलाई मुक्त कमैयाको उचित व्यवस्थापन गर भन्दै १६ बुँदे ज्ञापनपत्रसमेत बुझाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here