भ्रष्टाचार नियन्त्रण र जनजीविकालाई सुलभ बनाउन ओली सरकारलाई सुझाव

0
425
काठमाडौं । गणतन्त्र, राष्ट्रियता तथा धर्म निरपेक्षताको रक्षा र देशको समृद्धिको लागि ने.क.पा. (एमाले) र ने.क.पा. (माओवादी केन्द्र)को गठबन्धनले चुनावमा विजय हासिल गर्नु सही भएको राष्ट्रिय जनमोर्चाले ठहर गरेको छ ।
पार्टी अध्यक्ष चित्र बहादुर केसीले जारी गरेको सो विज्ञप्तीमा अगाडि भनिएको छ: “चुनावमा ने.का सहितको गठबन्धनको विजय भएको भए गणतन्त्र, राष्ट्रियता, धर्म निरपेक्षताको लागि गम्भीर खतरा हुन्थ्यो । त्यसकारण, ने.क.पा. (एमाले) र ने.क.पा. (माओवादी केन्द्र)को गठबन्धनले विजय हासिल गर्नु सही भएको छ ।”
केपी ओली नेतृत्वको सरकारले गणतन्त्र, राष्ट्रियता, धर्म निरपेक्षता, चीनसँग भएका सम्झौताको कार्यान्वयन गर्न र राष्ट्रिय समृद्धिका लागि जोड दिनेमा राष्ट्रिय जनमोर्चाले आशा गरेको बताएको छ । देशमा संस्थागत हुँदै र भयावह बन्दै गएको भ्रष्टाचारको नियन्त्रण गर्न र जनजीविकालाई सुलभ बनाउन यो सरकारले ध्यान दिन राष्ट्रिय जनमोर्चाले विज्ञप्ती मार्फत ओली सरकारलाई सुझाब दिएको छ ।
विज्ञप्तीको पूर्ण पाठ:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here