तारापुरको ७ औं सम्मेलन सम्पन्न
तारापुर, १६–१७ जुन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य पश्चिम भारत क्षेत्रीय समिति अन्तर्गत तारापुर नगर समितिको ७ सम्मेलन सम्पन्न भएको छ । सम्मेलनको उद्घाटन समाजका केन्द्रीय सचिव प्रेम पौडेलले गर्नुभएको थियो ।
पौडेलले उद्घाटन मन्तव्यमा भारतस्थित नेपालीहरुको सुरक्षाको बारेमा बोल्दै पौडेलले भन्नु भयो– “अहिले नेपालीहरु माथि दिन प्रति दिन असुरक्षीत बन्दै गइरहेका छन्, भारतमा रहेका लाखौलाख नेपाली जनताको सुरक्षाको बारेमा नेपाल सरकारलाई कुनै चिन्ता छैन ।” पौडेलले भन्नु भयो– “भारतमा नेपालीहरुको स्वाभिमान, आत्मसम्मान, सुरक्षा र अधिका
रको लागि संघर्ष गर्ने एक मात्र संगठन मूल प्रवाह एकता समाज हो ।”
त्यस्तै प्रवासी नेपालीहरुको मताधिकारको सन्दर्भमा पौडेलले– “मताधिकार नागरिगको मौलिक अधिकार हो” भन्नु भयो । बामपन्थी सरकारले पनि आफ्ना सबै नागरिकहरुको मताधिकार सुनिश्चितताको लागि ठोस कदम उठाउने कामबाट पछि हट्दै गएको समेत पौडेलको आरोप छ ।
नेपालमा नयाँ जनबादको झुटो सपना बाडेर कथित जनयुद्धको नाममा १७ हज्जार नागरिकको निर्मम हत्या, सिङो मुलुकलाई आतंक र भयको भूमरिमा धकेल्ने पुर्ब माओबादीहरुले रास्ट्रिय सम्पत्ती तहस नहस पारेको बताउनु भयो । पुर्ब माओबादीहरु अहिले एमालेमा बिलए भएको देख्नु पर्दा आफुलाई राजनैतिक रुपमा दया लागेर आएको समेत जिकिर गर्नु भयो ।
कुन राजनैतिक शक्ति वा पार्टी कति शक्तिशाली छ भन्ने मापन गर्ने आधार जनमत कता धेरै छ भन्ने आधारमा नभई उसले अख्तियार गर्ने राजनैतिक लाइनका आधारमा हुने पौडेलले बताउनु भयो । पूर्ब माओबादी केन्द्रले अपनाउँदै आएको गलत राजनैतिक लाइनका आधारमा नै आफूहरुले माओवादीहरुलाई उग्रवामपन्थी भड्काबबाट अन्तगत्वा दक्षिणपन्थी भासमा रुपान्तरण हुन्छन् भन्दै आएको तथ्य समेत प्रस्तुत गर्नु भयो । “अहिले माओबादीहरुको एमालेमा विलयले हाम्रो विश्लेषण कति सहिरहेछ भन्ने कुराको पुष्टि भएको छ” पौडेलले प्रष्ट्याउनु भयो ।
ज्ञान प्रसाद भट्टराईको अध्यक्षता तथा राजु तेजलाल न्यौंपानेको सञ्चालनबाट अगाडि बढेको सो सम्मेलनमा उपस्थित जनसमुदायलाई लोकमणी पाण्डे र रक्तिमका कलाकारहरुले स्वागत गरेका थिए ।
सम्मेलनले खड्क बहादुर राईको अध्यक्षतामा १५ पूर्ण, ५ वैकल्पिक र ५ सल्लाहकार गरि २५ सदस्यीय तारापुर नगर समिति निर्वाचित गरेको छ । जसमाः उपाध्यक्ष– लोकमणी पाण्डे, सचिव– राजु तेजलाल न्यौंपाने, सहसचिव– कपिलदेव पाण्डे र कोषाध्यक्ष– ज्ञान प्रसाद भट्टराई रहेका छन् । त्यस्तै सदस्यमाः गणेश भट्टराई, लेखनाथ पाण्डे, लक्ष्मण पाण्डे, विरेन्द्र जैगडी, सुनिता पुन, रण बहादुर जर्घा मगर, सविता चापागाई, इन्द्र मणि भुसाल, पुनम राई, वैकिल्पक सदस्यमाः चन्द्रेश ढकाल, करन थापा, कुमार राना र दिनेश थापा रहेका छन् । त्यस्तै सम्मेलनले धन बहादुर गोतामे, सिता सिंह, लाल बहादुर सारु र कुमार रानालाई सल्लाहकार चयन गरेको छ । पूर्ण सदस्यमा एक, वैकल्पिक सदस्यमाः एक र सल्लाहकारमा एक गरि तीन स्थान रिक्त राखिएको छ ।
विशिष्ट अतिथि केन्द्रीय समितिका सचिव इन्द्र भेटाल, केन्द्रीय सदस्य वेद बहादुर कार्की, क्षेत्रीय समितिका उपाध्यक्ष टंक कुँवर, रक्तिम केन्द्रीय विभागका बोम सिंजापति, केन्द्रीय कलाकार उषा थापा, महिला क्षेत्रीय समितिकी संयोजक रेणुका कुँवर, क्षेत्रीय सदस्य गंगाराम भट्टराई, श्याम त्रामु, रायगढ नगर समितिका अध्यक्ष जितमान सिंजाली लगायतले सम्मेलन सफलताको शुभकामना दिनुभएको थियो ।
कार्यक्रमको अन्तमा भव्य साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।