काठमाडौं, बैशाख ३ । नेपाल कम्यूनिष्ट आन्दोलनका धरोहरका रुपमा परिचित नेता क. मोहनविक्रम सिंह ८४ वर्षका भएका छन् । १९९२ बैशाख ३ गते काठमाडौंको मरुटोलमा जन्मेका सिंहको स्थायी घर भने प्यूठानको ओखरकोट दमदमेमा पर्दछ । सिंहले अर्थशास्त्रमा एम.ए.सम्मको शिक्षा प्राप्त गरेका छन् ।
उनी २००७ सालमा नेपाली कांग्रेसमा प्रवेश गरेर प्यूठान तथा सल्यानको मोर्चाहरुमा सहभागिता थिए । २००८ सालमा जुद्धोदय पब्लिक हाईस्कूलको प्रथम अध्यक्षमा निर्वाचित हुनुका साथै सार्वजनिक जीवनको प्रारम्भको थियो । २००९ सालमा भारतीय हस्तक्षेप विरोधी विद्यार्थी आन्दोलनमा एक महिना काठमाडौं भन्द्रगोल जेलमा थुनामा परेका सिंह २०१० सालमा नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका थिए ।
२०११ सालमा प्यूठानको भ्रष्टाचार विरोधी आन्दोलनमा गिरफ्तार भए पछि उनी २० महिनासम्म जेल जीवन विताए । सिंह २०१४ सालमा पार्टीको द्वितीय महाधिवेशनमा केन्द्रीय समितिमा निर्वाचित भएका थिए । २०१८ सालमा पञ्चायती तानाशाही अन्तर्गत सुरक्षा कानून अन्तर्गत ९ वर्ष जेल जीवन व्यातित गरे । तर २०१९ सालमा जेलमा रहेको बेलामा पार्टीको तृतीय महाधिवेशनमा पी.वी.मा सिंह निर्वाचित भएका थिए । २०२९ साल देखि भूमिगत रहेका सिंह २०४६ सालदेखि हालसम्म अर्धभूमिगत अवस्थामा छन् । २०३१ सालमा ने.क.पा. (मसाल)को चौथो महाधिवेशनमा पार्टीको महामन्त्री निर्वाचित भएका सिंहले २०४१ सालमा रिमको स्थापना सम्मेलनमा सहभागिता जनाएका थिए । हाल ने.क.पा. (मसाल)का महामन्त्री छन् ।
सर्वप्रथम २०११ मा प्यूठानको किसान समस्या र किसान संघर्ष शीर्षकको प्रथम पुस्तिका प्रकाशित गरेका सिंहले हालसम्म करिब डेढ दर्जन जति पुस्तिकाहरुको प्रकाशन गरिसकेका छन् । जसमा शान्तिपूर्ण आन्दोलन वा सशस्त्र संघर्ष, राजनैतिक आलोचना, नेपाल–भारत व्यापार तथा पारवहन समस्या, विचार विवेचना र विश्लेषण, क्रान्ति वा भ्रान्ति, चार दशक (प्रथम र द्वितीय खण्ड), १२ मई (नाटक), उग्र(वामपंथी विचारधाराको खण्डन, विश्व कम्युनिष्ट आन्दोलनको संक्षिप्त इतिहास, नेपालको राष्ट्रियता (राष्ट्रियता सम्बन्धी लेखहरुको संग्रह), युग नृत्य (खण्ड काव्य र कविताहरु), रिम र माओवादीहरुको कथित जनयुद्ध, पार्टीको पुनर्गठनको समस्या, पार्टी क्लासका नोटहरु, साहित्य र समालोचना, दुई एकांकी । सम्पादन ओशो धार्मिक सम्प्रदाय र समाजमा त्यसको भूमिका, संघीयताका विरुद्ध, त्धय ीष्लभ क्तचगननभि ध्ष्तजष्ल च्क्ष्: आदि उल्लेखनीय छन् ।
का. जलजला उपन्यास, मोहन बिक्रम सिंहका संकलित रचनाहरु करिब ३० खण्ड, उहाको आत्मकथा लगायतका पुस्तकहरु निकट भविष्यमा नै प्रकाशित हुने उनको पारिवारिक शुत्रले बताएको छ ।
पार्टी र क्रान्तिप्रती समर्पित एउटा बूढो उमेर तर जिम्मा र जिम्मेवारीमा उर्लदो उमेरका कार्यकर्ताभन्दा पनि कैयौं तेज व्यक्तित्व, सदा समयको सदुपयोग गर्न प्रेरणा प्रदान गर्ने क. मोहन विक्रम सिंहलाई ८४ औ जन्म दिनको अवसरमा शु स्वास्थ्य र दिर्घायुको शुभकामना व्यक्त गर्दछौं ।