१ सय ४७ बालबालिका गायब

0
105

श्रावण ६, २०७६

काठमाडौँ — पछिल्लो १० वर्षको अवधिमा नेपालबाट १ सय ४७ बालबालिका हराइरहेको बाल अधिकारका लागि राष्ट्रिय अभियान नामक संस्थाले दाबी गरेको छ । उक्त संस्थाले सोमबार पत्रकार सम्मेलन गर्दै २०५० यता धर्मपुत्र/पुत्रीका नाममा विदेश लगिएका मध्ये यी बालबालिका बारे कुनै तथ्यांक नभेटिएको जनाएको छ ।

०५० देखि २०६५ सम्म २ हजार २ सय ३४ बालबालिका विदेश पठाईएकोमा उल्लिखत बालबालिकाबारे केन्द्रीय बालकल्याण समिति तथा सरकारसँग अभिलेख नभेटाएको अभियानका संयोजक प्रविन सिलवालले बताए।

तीन तहको सरकार हुँदा पनि बालबालिकाले अभिभावकत्वको अनुभुत गर्न नपाएको उनको आरोप छ। अभियानका सदस्य धीरज जोशीले केही बिचौलियाहरुले बालबालिकाको बेचबिखन गरी तलब खाइरहेको आरोप लगाए।

नेपालमा २०३३ सालमा भएको मुलुकी ऐनको छैटौं संशोधनले विदेशी नागरिकलाई धर्मपुत्र/पुत्री लैजान सक्ने व्यवस्था गरेको छ।
कान्तिपूरबाट साभार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here