आरोपी मलकीत कौरकी गिरफ्तारीको आश्वासन पछि रामचन्द्रको शव दाहासंस्कार गरियो
पटियाला, ३१ जनवरी । गुल्मी जिल्ला मदाने गाउँपालिकाका ३ अग्लुङ, स्थायी निवासी रामचन्द्र वस्नेत वर्ष ३५का परिवार सहित पञ्जाबको पटियाला स्थित मकान नम्वर २८ वि १ माडलटाउन वसोवास गर्नेले गत १६ जनवरी २०१९ का दिन आप्mनो मकान मालिक द्वारा लगाइएको चोरीको आरोपबाट आहात भएर सामुहिक आत्महत्याको प्रयास गरेका थिए ।
तत्काल गोताखोरहरुबाट छोरी सुष्मिता र श्रीमती वसन्ती वस्नेतको उद्धार गरिए पनि ७ वर्षिय छोरा युवराज र रामचन्द्रलाई भने गोताखोरहरुले वचाउन सकेको थिएनन् । अन्ततः वालकको मृत शव केही समयपछि वाहिर निकाले पनि रामचन्द्रको शवको खोजी तथा उद्धार कार्यमा लगातार आफन्त तथा पुलिस एवं गोताखोर खटिइरहेका थिए ।
२९ जनवरीको रामचन्द्रको शव पटियाला देखि १७० किलोमीटर टाढा रहेको हरियाणा पापा पिंडस्थित सरजुङ घाटमा भेटिएको थियो र त्यहाँबाट शव वाहिर निकाली पटियाला स्थित राजेंद्र अस्पताल पुराइएको थियो ।
३० जनवरीको पटियालामा विभिन्न संघ संस्थाहरुका प्रतिनिधिहरु, आफन्तजन, पारिवारिक सदस्यहरु तथा प्रवासी नेपाली संघका कृष्ण प्रसाद भट्टराई, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका कैलाश खडका, पशुपति समाजका प्रकाश ज्ञावली, ट्रेड युनियनका चन्द्रबहादुर कार्की, समाजसेवी लक्ष्मण नेपाली तथा अन्य सयौं श्रमजिवी नेपालीहरु समेत स्थानीय शिवसेनाका कार्यकर्ताहरुको उपस्थितिमा थाना माडलटाउनमा श्रीमती मलकीत कौरको गिरफ्तारी विना आफुहरुले पोस्टमार्टम नगराउने अडान सहित मलकीत कौरको गिरफ्तारीको दवाव दिन पुगेका थिए ।
त्यसपछि पुलिस आला अधिकारीहरु समेत थाना पुगी न्यायको पक्षमा आफुहरुले सहयोग गर्ने र मलकीत कौरलाई १÷२ दिनमै गिरफ्तार गरिने आश्वासन दिएपछी मात्र परिवारले पोस्टमार्टम तथा संस्कार गर्नै सहमति गरेका थिए ।
प्रशासनसँगको समझदारीमा सहभागी समाज सेवी लक्ष्मण नेपाली र मूल प्रवाहका कैलाश खडकाले दिएको जानकारी अनुसार थाना प्रभारी एस.एच. ओ. गुरविंदर सिंहले मलकीत कौरलाई छिट्टै गिरफ्तार गर्ने प्रतिवद्धता पछि शवको अंतिम संस्कार गरिएको छ ।