१४२ औँ जयपृथ्वी जयन्ति मनाइयो

0
107

भदौ ७, बझाँङ । १४२ औँ जयपृथ्वी जयन्ति शान्ति मावि थलारा पाराकाट्ने बझाङमा विविध कार्यक्रमका साथ मनाइएको छ ।

वि व्य स अध्यक्ष रमेशबहादुर भण्डारीको अध्यक्षता र कार्यक्रमको सञ्चालन शिक्षक मदनबहादुर साउदले गर्नुभएको थियो ।

कार्यक्रममा कक्षा ६ देखि १२ सम्मका १३ जना विद्यार्थीले जयपृथिवीबहादुर सिंहको योगदान शीर्षकमा कविता पाठ गरेका थिए । त्यसै विद्यालयका शिक्षक नरबहादुर भण्डारीको संयोजकत्वमा गठित निर्णायक मण्डलका सदस्यमा शि दयाकृष्ण उपाध्याय र तेजप्रकाश धामी रहेका थिए ।

उक्त प्रतियोगितामा पवन बटाला प्रथम, हेमन्ती उपाध्याय द्वितीय, गणेशराज उपाध्याय तृतीय र दुर्गा उपाध्यायले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए ।

स्वागत मन्तव्य शिक्षक मोहनबहादुर साउदले राखेको कार्यक्रममा विभिन्न वक्ताले जयपृथ्वी बहादुर सिंहको व्यक्तित्व माथि आ–आफ्नो मन्तव्य दिनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here