१३१औं मे दिवसको उपलक्ष्यमा जापान नेपाली एकता समाजकाे शुभकामना

0
112

जापान । संसारभरिका मजदुरवर्गमा  मइ दिवसकाे शुभकामना व्यक्त गरेकाे छ । समाजाका अध्यक्ष यसलाल सापकाेटा र महासचिव तेजेन्द्र क्षेत्रीले संयुक्तरूपमा मंगलबार एक व्क्तव्य जारी गर्दै समाजले संसारभरी रहेका मजुदुरहरूलार्इ शुभकामना व्यक्त गरेका हाे ।

समाजले मइ दिवस मजदुर माथिको शोषण दमन र अन्यायपूर्ण ब्यबहारका विरुद्ध गरेका आन्दोलन, त्याग र बलिदानको परिणामस्वरूप यो महान विजयको  स्थापनाकाे महान दिनकाे स्मरण गर्दै वर्तमान वर्ग विभाजित समाजमा संधै बर्गिय हितका पक्षमा बर्गिय पक्षधरता रहन्छ, मजदुर बर्गले आप्नो हक हित र अधिकारको पक्षमा विचार गर्न संघर्ष मा भाग लिन र समर्पण गर्न यो दिनको ऐतिहासिक महत्व रहने जनाएकाे छ ।

शुभकामना वक्तव्यकाे पूर्ण पाठः

”१३१औं मे दिवसको उपलक्ष्यमा जापान नेपाली एकता समाजले संसारभरिका मजदुरवर्गमा हार्दिक सम्मान व्यक्त गर्दछौं । साथै श्रमिक वर्गको हकहितको सुनिश्चितताको लागि संघर्षमा एकताबद्ध भएर अगाडि बढनकालागी शुभकामना व्यक्त गर्दछौं । यो महासंग्राममा सहादत प्राप्त गर्ने सम्पुर्ण ज्ञात अज्ञात सहिदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दछौं ।
सन १८९०देखि मे दिवसको परम्परा शुरुभएको हो । ८ घण्टा काम अवधिलाई कायम गर्न सफलता प्राप्त गरेर मजदुर बर्गले आफ्नो विजय अभियान लाई अगाडी बडाएको हो । मजदुर माथिको शोषण दमन र अन्यायपूर्ण ब्यबहारका विरुद्ध गरेका आन्दोलन, त्याग र बलिदानको परिणामस्वरूप यो महान विजयको दिन स्थापना भएको हो । वर्ग विभाजित समाजमा संधै बर्गिय हितका पक्षमा बर्गिय पक्षधरता रहन्छ, मजदुर बर्गले आप्नो हक हित र अधिकारको पक्षमा विचार गर्न संघर्ष मा भाग लिन र समर्पण गर्न यो दिनको ऐतिहासिक महत्व रहने छ ।
संसार भरि महामारीको रुपमा फैलिएको COVID-19को आक्रामक प्रभाव छ । मानिस र प्रकृतिको विचको लडाईमा अनुसासन, ढृडता र सचेतना यो घडिका प्रमुख हतियार हुनेछन । यसै बिचमा यो व्यवस्थाका महाअभिसापहरु एक अर्कोमा दोशारोप गर्ने, प्रतिकुलताका भए देखाएर मजदुर माथि थप शोषणका जाल बिछ्याउने अन्त्यत मजदुरहरुको एकता तहसनहस गर्दै झन धेरै शोषण र उत्पिडनको सिकार बनाउने तयारी गर्ने छन । त्यसैले मजदुर हरुको बिचमा धेरै सचेतता र एकताको आवस्यकता बढेर गएको छ ।
जापान नेपाली एकता समाज अन्तराष्ट्रिय नेपाली एकता समाजको छातामुनि रहेर संसारभर छरिएर रहेका श्रमजिवी नेपालीहरुलाई एकत्रित गर्दै सचेतना र समर्पण को भावना विकास गर्न र शोषण अन्याय का विरुद्ध आवाजको विकास गर्दै विगतका दिनमा मजदुर दिवसको मर्मलाई कायम राख्न प्रयासरत थियो, निरन्तर थप घनिभुत पार्न प्रयत्नशील रहनेछ ।
महामारीको यो विकराल परिस्थितिमा सबैले सजगता अपनाउन जरुरी छ । प्रतक्ष्य रुपमा सिङ्गो मानव समाज यसको मारमा परेको छ । सबैलाई यो अप्ठ्यारो परिस्थितिमा आफुले आफुलाई संयम राख्न महामारी संङगको संघर्षमा सिङगो मानव समाजलाई अब्बल राख्न हर संम्भव प्रयत्न गर्नुहुन अनुरोध गर्दछौं ।
१३१औं मजदुर दिवसको हार्दिक शुभकामना ।।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here