हैदरावाद, ३० मार्च । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, मध्य हैदराबाद महिला नगर समन्वय समितिको भेला सम्पन्न भएको छ । भेलामा महिला केन्द्रीय विभागकी संयोजक फुलबिना पौडेलको प्रमुख आतिथ्यता रहेको थियो ।
पौडेलले भेलालाई सम्बोधन गर्दै महिला पुरुष दुबै शक्ति मिलेर नै यो सृष्टि चलेको छ, तर यो पुरुषप्रधान समाज र यहि समाजबाट बिकास भएको पुँजीवादी ब्यबस्थाले महिलाहरुलाई अधिकारबाट बञ्चित बनाएको बताएकी थिइन् ।
भेलालाई केन्द्रीय समितिका सल्लाहकार रामकुमार क्षेत्री मूल प्रवाह क्षेत्रीय समितिका थम्मन बस्नेत, बिकास परियारले पनि सुभकामना मन्तव्य दिएका थिए ।
कार्यक्रमको सञ्चालन चन्द्रा परियारले र अध्यक्षता कृष्ण कुमारी बिकले गरेकी थिइन् । कार्यक्रममा सहभागिहरुलाई गोमा रानाले स्वागत गरिन् ।
भेलाले गोमा रानाको अध्यक्षता मध्य हैदराबाद महिला नगर समन्वय समिति निर्माण गरेको छ । जस्माः सचिव– चन्द्रा परियर, कोषाध्यक्ष– कृष्ण कुमारी बिक, सदस्यहरुमाः गंगा कडायत, संझना दुलाल, इश्वरा पौडेल, कमला थापा, सबिता पौडेल, शान्ति बस्नेत, सृजना केसी, प्रमिला बस्याल, मधु ढकाल र दिलु दुलाल रहेका छन् ।