पार्टीले मलाई
स्पातको मान्छे बनाएको छ
म दुश्मनहरूसित लड्छु
कहिल्यै
मैदानबाट पछाडि हट्दिनँ
मेरो शरीरको प्रत्येक हाड
भाँचिएपनि म डराउँन्न
मेरो शरीर, कङ्काल
जमीनमा मिसिदासम्म
मलाई
थुनेर राखे पनि
म डराउन्न
मेरो देश लुटिएको देख्दा
मेरो मुटु काटिन्छ
आफ्ना जनताको कष्ट हेर्दा
म रिसले पुत्ताउँछु
क्रान्तिको बाटो जतिसुकै
कठिन भएपनि
हामीहरू
सहिदहरूले देखाएको
गौरवपूर्ण बाटोमा
चल्ने अठोट
छोडन छैनौँ
आँट गरेका छौँ
कसम खाएका छौँ
मेरो मन
चिल झैँ उच्च आकाशमा
उड्ने अभिलाषा छ
हाम्रा लाखौँ-लाख
कष्ट पाइरहेका
जनतालाई
मुक्ति दिलाउन
पहाड, भन्ज्याङहरूसम्म
उडेर पुग्न चाहन्छु
तर
दुःख लाग्छ मलाई
मेरो देश नेपाल आमाको
अस्मिता लुटिएको देख्दा,
आँखा झल्यास्स खोलेर हेर्दा
मेरो देश
नेपालका हाडहरू
छुट्टयाउन खोजिएको छ,
मासु लुछिएको छ
ती सबै लाक्षीहरूको
विरुद्ध लडने इच्छाशक्ति छ
किनकि
मलाई
पार्टीले स्पात झैँ
मजबुत बनाएको छ
अब मलाई
हिम्मतपूर्वक अगाडि बढ्न
समयले जिम्मा दिएको छ,
यो परिवेशमा
दुनियाँले आफ्नोअगाडि
हेरिरहेका छन्
तर मैले
टाढासम्म हेरिरहेको छु
दुष्टले हामीलाई आपसमा
लडाउँदैछ
हाम्रो लडाईमा ऊ
भोज लगाउँने कोशिसमा छ
तर ऊ जान्दैन
क्रान्तिको रातो झण्डा
माथि उठिसकेको छ
प्रतिरोधका ज्वालाहरू
टाढा-टाढासम्म फैलिएका छन्
त्यसैले
म भन्दछु,
मलाई तयार बनाउने पार्टीले
लाखौँलाई स्पात बनाइसकेको छ
लाखौँलाई स्पातको मान्छे
बनाइसकेको छ
(चिनियाँ नाटक रातो लालटिनमाथि आधारित)