सोनीपत, २० मई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत सोनीपत नगर समितिको १४ औं सम्मेलन सम्पन्न भएको छ ।
राम बहादुर थापाको अध्यक्षता र भुपेन्द्र थापाको सञ्चालनमा अगाडि बढेको कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय सचीव ठाकुर खनाल, अतिथिहरु केन्द्रीय सदस्य मतीराज गौतम, क्षेत्रीय उपाध्यक्ष विक्रम सिंह राणाले अतिथि आसनग्रहण पछि ज्ञात–अज्ञात सहिदहरुको संझनामा एक मिनेट मौनधारण पछि डिल बहादुर भण्डारीले स्वागत मन्तव्य दिनुभएको थियो । सम्मेलनको उद्घाटन करतल ध्वनिको साथमा केन्द्रीय सचिव ठाकुर खनालले गर्नुभएको थियो ।
विद्यार्थी बिभाग (अभानेवी संघ) नगर सचिव हिमाल भण्डारी र महिला विभागबाट पुजाले विभागीय रिपोर्टिङ गर्नुभएको थियो ।
डिल बहादुर भण्डारीको अध्यक्षतामा कुमार धर्मशाला सारन रोड सोनीपतमा सम्पन्न घोषणा सभा समाजका केन्द्रीय सदस्य मतीराज गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । क्षेत्रीय उपाध्यक्ष विक्रम सिंह राणा, अखिल भारत नेपाली विद्यार्थी संघ केन्द्रीय कोषाध्यक्ष अजय रेश्मी, रक्तिम साँस्कृतिक विभागबाट धर्म खनाल लगायतले आतिथ्यता गर्नुभएको थियो ।
सम्मेलनले डिल बहादुर भण्डारीको अध्यक्षतामा १७ सदस्यीय सोनीपत नगर समिति निर्वाचित गरिएको छ । जसमाः उपाध्यक्ष– कृष्ण बैजाली, सचिव– भुपेन्द्र थापा, सहसचिव– पुजा र कोषाध्यक्ष– करन थापा रहेका छन् । त्यस्तै सदस्यमाः रामबहादुर थापा, नुमलाल गैरे, चेतन गिरी, केशव खत्री, बैकल्पिक सदस्यमा मेघबहादुर थापा, शान्ति कार्की र गोपाल राना रहेका छन् । सम्मेलनले प्रेम बिक, विष्णु झाक्री, भोज बहादुर पाण्डे, खिम बहादुर बिक र वासुदेव खनाललाई सल्लाहकार चयन गरेको छ ।
नवनिर्वाचित समितिलाई बधाईको मन्तव्यको सन्दर्भमा प्रमुख अतिथि मतीराज गौतमले रोजगारका लागि विदेशीएका श्रमजिवी नेपालीहरुले नै पठाएको रेमिटेन्सबाट देशको अर्थतन्त्र नै धान्ने शक्तिलाई मताधिकारबाट बञ्चित गरिनु सरकारको निन्दनीय कार्य भएको बताउनु भयो । नेता गौतमले आफूहरु निरन्तर रुपमा प्रवासी नेपालीहरुको मताधिकारको पक्षमा संघर्षरत रहेन समेत बताउनु भयो ।
त्यस्तै एसयुआइ(कम्युनिस्ट)बाट कामरेड इन्द्र सिंह कौसिक, महिला क्षेत्रीय बिभागबाट सोनिया बेलबासे, अखिल भारत नेपाली विद्यार्थी संघ सोनीपतबाट रिता बन्जाडे, फरीदाबाद नसबाट विस्णु बिसी, रोहतक नगर समितिबाट बल बहादुर बिक, एकता समाज भारतबाट भुम बहादुर जिएम लगायतले नवनिर्वाचित समितिलाई बधाई दिनुभएको थियो ।
घोषणा सभाको सञ्चालन उमानन्द बन्जाडेले र सम्मेलनमा सहभागिहरुलाई भुपेन्द्र थापाद्वाराले स्वागत गर्नुभएको थियो । सम्मेलनमा कलाकारहरु द्वारा रंगारंग प्रगतिशील नेपाली सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।