गजल
सिमानामा लड्न जान्छु बाबा बन्दूक देउ
बैरीलाई सिधै हान्छु बाबा बन्दूक देउ
नसम्झिनु हामी लाई सानो बालक अब
दुई चार किलो धान्छु बाबा बन्दूक देउ
कति घुसे देश भित्र जालि दुश्मन हरु
एकएक गरी छान्छु बाबा बन्दूक देउ
नलढाई बैरी लाई म त फर्किन्न घर
बाचा कसम म खान्छु बाबा बन्दूक देउ
मुटु भन्दा प्यारो हाम्रो देश नेपाल लाई
सर्वोपरि सदा ठान्छु बाबा बन्दूक देउ।
।।
-केशव गाहा पाल्पाली