सिन्डिकेटधारीले नै सरकार खाने खतरा : चित्रबहादुर केसी

0
1314

तेजेन्द्र केसी

बुटवल–राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारले ल्याएको नीति तथा कार्यक्रम समाजबाद उन्मुख नभएको बताएका छन् ।

उनले सरकारले शब्दमा समाजबाद भन्ने तर ठोसमा कुनै पनि स्पष्टनीति नआएको उनको भनाइ छ ।

बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका केसीले सरकारको नीतिले जनजीबिकाको सवाललाइ सरको सम्बोधन नगरेको उनको ठहर छ ।

‘समाजबाद उन्मुख भन्ने तर नीति नै छैन,नीति केहो,कसरी हो, कृषिमा आत्मनिर्भर कृषि नीति, भूमिसुधार नीति के हो, नयाँ पिढिले के गर्ने, राजगारी कसरी सिर्जना गर्ने, युवाहरु के गरेर बस्ने, आत्मनिर्भर बनाउन के गर्ने,उद्योग धन्दा कलकारखाना खोल्ने नीति खै, कुराले बोड्को भरिन्छ ?’उनको प्रश्न छ ।

उनले सरकारका नीति शब्दजाल भएको भन्दै कुरामात्रै गर्ने भन्दा काम गर्ने दिन आएको उनले बताए ।

सरकारले यातायातको सिण्डीकेट तोडेकोमा धन्यबाद दिदै उनले अब मुलुकमा १५ मध्ये  १४ सिण्डिकेट बांकी रहेको बताए  ।

‘अब शिक्षा, स्वास्थ्य,न्यायपालिकामा पनि सिण्डिकेट छ,अब बांकी १४ सिण्डीकेटरहरुले नै सरकार खाने खतरा छ ।’

केसीले एमाले र माओवादी वीचको एकता संसदीय व्यवस्थाको पक्षपोषण मात्र भएको बताए । सबै कुुरा मिले पछि पार्टी एकता नौलो कुरा नभएको उनले बताए ।

‘उनीहरुले समाजबाद भनेको छन् यो प्रबत्तिले मुलुकमा समाजबाद आउँदैन ।’ झलनाथ खनाललाइ पनि  थाहै नदिइ हांसो मजाकमै एकता भएको रहेछ भन्ने पुष्टि भयो उनले भने ।

अध्यक्ष केसीले हालै गठित नेकपासंग आफ्नो पार्टीको एकता नहुँने प्रष्ट पारेका छन् । ‘निर्बाचनका बेला चुनाबी तालमेल भएपनि जुन इस्युमा सहमति भयो त्यो कार्यगत एकता हो, पार्टी एकताका लागि धेरै मिल्नुपर्छ सैद्धान्तिक,सांगठनिक पक्ष लगायतका अहिले सम्भब छैन’ केसीले भने ।

नेता केसीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्बजनिक रुपमा माफी माग्नुपर्ने बेला नागरिक अभिनन्दन गरिनु गलत भएको बताए ।

भारतले नेपालका सबै जलश्रोत पालैपालो लगेको भन्दै यसपटक पाली पनि अरुण तेश्रो सरकारले भारतलाइ बुझाएको बताए ।

‘भारतले नेपालको संबिधान आफ्नो अनुकुलको बनाउने प्रयास गरेको हो ,यसको लागि मोदीको नेपाल भ्रमण र संसोधनको उद्धेश्य हो ।’ उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here