खिमराज चालिसे
चंडीगढ, १६ अक्टोबर । सिन्धुपालचौक जिल्ला, लेहल्पु गाउपालिका वार्ड न १ निवासी सोनाम सेर्पाका २२ वर्षिय छोरा सागी शेर्पासँग घटेको छ । यहि ११ अक्टोबरका दिन जम्मु कश्मीर राज्यको लेह–लदाखको एक होटलमा कार्यरत सागी शेर्पाका अनुसार उनले करिव एकवर्षदेखी कमाएको एकलाख रकम र लत्ताकपडा लिएर दशैं मनाउन घर हिडेका थिए ।
उनीसंगै अन्य २ नेपालीहरु पनि साथै हिडेका थिए । उनका अनुसार (सेक्टर २८ चंडीगढमा रहेका करिब ४०/४५ जना नेपालीहरुको विचमा सोधिएको अवश्थामा) मनालीबाट टेक्सीगरी चंडीगढ हिडेका उनका २ साथीहरु भने चंडीगढबाट प्लेनको टीकट भएको र आफु प्राइवेट वसमा नजाने कुरा मनाली मै वताएका थिए । १४ अक्टोबरका दिन सागी शेर्पा चंडीगढ सेक्टर २७–२८ को लाइटमा करिव साझ ८ वजे ट्याक्सीबाट झरेर पैदल २८ आउँदै गर्दा २ जनाले झोला, मुवाइल र पैसा लुटेर आफुलाई मरनासन्न हुनेगरी पिटेको बताए ।
उनको शरीरमा, गालामा चोट पनि छ । तर वेलावेलामा वेहोसी जस्ता कुरा गर्ने ती युवाको भनाइ भने शंकास्पद नै छन् । तै पनि उनको अवस्था देख्दा र वारम्वार मेरा पैसा लुटिए यो दशैंको वेला भन्दै रोइरहने ती युवालाई मूल प्रवाह महिला सुदुर पश्चिमोत्तर क्षेत्रीय सचिव जुना चालिसेको पहल तथा सगरमाथा ट्रावल्सका स्टाफ् एवं कर्मचारीहरुको सहयोगमा भारु. ४२८० नगद तथा सगरमाथा टूर ए चण्डीगढको तर्फबाट भारु. १८०० भाडा गरी भारु. ६०८० सहयोग गरिएको छ, त्यस्तै खानपिन समेतको खर्च पनि सगरमाथा टूर ए चण्डीगढले गर्ने जनाएको छ ।
नेपाली युवाहरु भारतको कश्मीरदेखि कन्याकुमारीसम्म अत्यान्त विकट, अति संवेदनशील तथा अत्याधिक अप्ठाराहरुसँग संघर्ष गर्दै जीवन निर्वाह गर्ने सपना साँचेर आउने गर्दछन् । वषौंदेखिको सामन्ती संस्कार, देशको राजनैतिक तथा सामाजिक परिवेशले वाध्य पारी मुग्लान पसेका कैयन युवाहरुको ज्यान संधै जोखिममा रहने गरेको कुरा पनि कसैसँग लुकेको छैन । भारत स्थित नेपाली युवाहरु एकातर्फ कडापरिश्रम र लगनपूर्वक काम गर्दछन् भने अर्कोतर्फ दशैं–तिहार जस्ता चाडवाडहरुमा परिवारका सदस्यहरुसँग मिठो भेटघाटको स्वणिम सपना वोकेर वर्षभरि कमाएको धन एकत्रित गरि फर्कने क्रममा ज्यानै जोखिममा पारेर असमाजिक तत्वहरुबाट लुटिने क्रम विगत केहिसमयदेखि तिव्ररुपमा वढिरहेको छ ।
भारतमा यात्राका दौरानमा नेपालीहरु माथि हुने लुटपाट, कुटपिटका घटनाहरुलाई लिएर मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले दुबै देशका सरकारहरुको पटक पटक ध्यानाकर्षण गराउँदै आइरहेको छ । समाजले विभिन्न राज्य सरकारका प्रमुख तथा भारतका केन्द्र सरकार, तथा नेपाल सरकारलाई समस्या समाधानका लागि ज्ञापन पत्र दिने, पत्रकार सम्मेलन गर्ने, जनचेतनाका कार्यक्रम गर्ने, वेलावेलामा भारत–नेपाल सीमानामा जुलुश प्रदर्शन तथा विभिन्न निकायहरुको ध्यानाकर्षित गर्दै आइरहेको छ तर समास्या समाधान भन्दा पनि त्यसप्रकारका गतिविधिहरु बढेर गएका छन् । एक प्रकारले भन्दा स्वयं सीमानामा खटिएका सुरक्षाकर्मिहरुद्वारा नै त्यस प्रकारका गतिविधिहरुमा संगलग्न भएको पाइएको छ ।
हालै दशैं मनाउन भारतबाट गठ्ठाचौकी हुँदै नेपाल फर्किने ९२ जना लुटिएको घटनाले यो प्रमाणित गरेको छ कि दुबै देशका सरकारहरु नेपाली श्रमिकहरुमाथि हुने यसप्रकारका जघन्य अपराधलाई रोक्न संवेदनशिल छैन ।
एक अध्ययनअनुसार महेन्द्रनगरमा ६ र ब्रह्मदेवका ५ जना गरी ११ नेपाल पुगिसकेपछि पनि लुटिएका छन् । सबैभन्दा धेरै भारतको वनबासामा २६ जना, हल्द्वानीमा १३ जना लुटिएका छन् । भारतको बरेली, गढवाल, आनन्द विहार लगायतका विभिन्न स्थानमा लुटिने गरेको तथ्यांक छ ।
अध्ययन अनुसार लठ्याउने औषधि खुवाएर ४१ जनालाई लुटिएको छ । ४१ जनाको सामान बाटोमा चोरी भएको थियो । ५ जनालाई त्रास देखाएर, ४ जनालाई कुटपिट गरेर लुटिएको छ भने एक जना सीमानामा धम्क्याएर लुटिएका थिए ।
त्यसैगरी, सँगै यात्रा गरिरहेको यात्रीले ६५ जनालाई, घटनास्थलका स्थानीय समुदायले २४ जनालाई, दलाल तथा बसका कर्मचारीले ३ जनालाई लुटेको तथ्यांकले देखाएको छ ।
१० हजार रुपैयाँभन्दा कम कमाएर घर फर्किदा लुटिने सबैभन्दा धेरै ३५ जना छन् । २८ जनाले १० देखि २० हजार, १५ जनाले २० देखि ३० हजार, नौ जनाले ३० देखि ४० हजार, एक जनाले ४० देखि ५० र चार जनाले ५० हजार रुपैयाँभन्दा बढी कमाएर फर्किरहेको बेला लुटिएको तथ्यांकले देखाएको छ ।
यसप्रकारको घटना घट्नुमा नेपालीहरुमा देखिएको अशिक्षा, वेरोजगारी, सजकतामा कमी, सिधासाधापन आदिले धेरैलाई यस्ताप्रकारका लुटपाटबाट जोगिन नसक्नु पनि अर्को पक्ष हो । तर दुबै देशका सरकारहरु नै संवेदनशिल नरहेसम्म यसप्रकारका गतिविधिहरुलाई नियन्त्रण हुने देखिंदैन ।