-प्रताप पौडेल
मार्क्स र एंगेल्सका पालामा
कुरा हुन्थे दर्शनका
चर्चा हुन्थे वर्ग संघर्षका
घोषणा हुन्थे कम्युनिस्ट पत्रका
लेनिनले अंगाले मार्क्सवादलाइ
जब शिखर पुरुष बने लेनिन
तब थर्कमान भएथ्यो साम्राज्यवाद
ओझेलमा थियो संशोधनवाद
उदघोष भयथ्यो क्रान्तिको
सिंहासन थियो सोभियत सत्ताको
माओत्सेतुङ आइ नयाँ जनवाद प्रयोग गर्दा
कोमिन्ताङ्गे प्रवृत्तिहरु हल्लिएका थिए
विकसित चीनको खाकाहरु कोरिदै थिए
समाजवादका टुसाहरु उम्रदै थिए
जब फक्रन थाले
संशोधनवादिहरु
मार्क्सवादको ढाडमा टेकि
टाउकोमा प्रहार गर्नेहरु
तब ढल्न पुगे
सोभियत सत्ताहरु
तरपनी,
ढलेको छैन अझैसम्म
आस्था र विचारहरु
कम्युनिस्टका दर्शनहरु
फेरिपनी थर्किनेछन
विश्वभरका सामन्तीहरु
खलबलिने छ साम्राज्यवाद
बडारिनेछन् साम्राज्यवादीहरु
अतालिनेछन संशोधनवादिहरु
जब वर्गसंघर्षको कफनले
कसिलो हुनेछ सबैका कम्मर
तब आउनेछ त्यो दिन
नयाँ जनवाद, समाजवाद
अनि हुनेछ
शोषणरहित वर्गविहिन राज्य
कम्युनिस्टहरुको संसार
साम्यवादी संसार ।