सान्ती जगाई देऊ।

0
123

दुर्लभ जेठामन

भाई-भाइको लडाइँ देखेर 
युद्ध आफै रोइ रहेको छ,
आकाशका चम्किला ताराहरु
बारुद को धुवाँ भित्र हराई रहेको छ।
घिन् लाग्दा यी राजनैतिक नङ्ग्राहरुले
नेपाल आमाको मुहार च्यात्तिएको छ।।

मानिसहरू जंगल पसे गीत सुनाए भुसुनाले
राष्ट्र क्रान्तिले संगीत दिए ताली ठोके हिंसाले।।

नेपाल आमाको के इज्जत रह्यो 
काख भरी रगतको भल बगेर,
नमर्ने इच्छा नभईकन मर्नु पर्छ
देशबासिको स्तिती हेरेर।।

स्वर्ग बाट नहेर परमपिता –
नेपालीको बिचित्र, आएर सम्झाई देऊ,
क्रान्तिको आगो निभाएर परमपिता 
जय-जय भनी सान्ती जगाई देऊ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here