एउटा प्रश्नले मगज मा झड्का दिन्छ
किन हामी नजिक भएनौरु
किन हामी टाढा जन्मियौरु
मुटुको धड्कन अनियमित हुँदै
रक्त प्रबाहमा उद्देलित हुन्छन
मायाका कण हरु
रगत छिर्ने भल्भहरुमा तिम्रै सम्झनाका प्रतिकण हरु
तिम्रै यादका भावनात्मक बिम्ब प्रतिबिम्ब हरु
तैरीदै तैरिदै बग्छन किनरु
शरीरको प्रत्येक नशाहरुमा
हरेक अंग प्रत्याङ्ग र सेलहरुमा
किन तिमी नै दगुरेको आभास हुन्छरु
तिम्रो कोमलताले स्नायु तन्तु भरिभराउ छ
आखाका रेटिनाहरु तिनै तस्बिर मात्र खिचे झै लाग्छ किनरु
के तिम्रो बिचारले म लालायित होरु
ती तिम्रा सुन्दर बैचारिक अवयब हरु
बर्गिय चेतानाका लहरहरु
देश प्रतिको प्रेम
परिबर्तन प्रतिको आस्था
सर्वहारा बिश्व दृस्ठिकोण
प्रेमिल आकाश जस्तै फैलिएको
फुल बनेर फक्रेको त्यो सुगन्ध
किन म सग आइपुग्छरु
हृदय अलग अलग भएर पनि
शरीर फरक फरक भएर पनि
किन एउटै लयमा भेटिन थाल्छनरु
किन एउटै गित गुन्जिएको हुन्छनरु
किन एक अर्कामा प्रभावित हुन्छ्नरु
शरीरमा सेलहरु बरु क्षणभंगुर हुन्छन
मर्ने जन्मिने बढ्ने हुन्छन
तर तर किन तिम्रो याद माइक्रो सेकेन्ड हट्न सक्दैनरु
यी अनौठा प्रश्न हरु तरङ्गित भएझै
फेरि अर्को प्रश्न उठछ
किन यति भएर पनि हामी स्वतन्त्र हुन सकेनौरु
नेपालले स्वतन्त्र भएर पनि स्वतन्त्रता नपाए जस्तै
साम्राज्यवाद र बिस्तारवाद का गिद्दे नजर परे जस्तै
मायामा किन ती दुष्टहरुको आँखा लायोरु
यो कस्तो कुरुप संसार हो
कस्तो निर्लज्ज समाज
कस्तो संस्कार मा हामी हुर्केर आयौरु
के यो हाम्रो सहयोगी बन्न सक्छरु
सक्दैन ,यो कुरुप संसार फेरेर मात्रै
यो दुष्ट ब्यबस्था बद्लेर मात्रै
सुन्दर संसार निर्माण हुनेछ
त्यो बेला मात्रै प्रेमको सहि महत्त्व प्राप्त हुनेछ
देशले स्वतन्त्र निर्णय गर्न सक्नेछ
अनि प्रेम माया यी पनि निस्पक्ष
स्वतन्त्र र वास्तविक हुनेछ
न भ्रम ले,न धन सम्पत्ती ले
न कुनै यौन तृष्णा ले न कुनै स्वार्थ ले
त्यसै ले फेरि एउटा प्रश्न आउँछ
के अब हामी त्यो सुनौलो संसार निर्माण मा नलाग्नीरु
९२०७५/०८/०२०