सर्बोदय जनक मावि विनामारेको ६६औं बार्षिकोत्सव सम्पन्न

0
120

बाग्लुङ/ सर्बोदय जनक माध्यमिक विद्यालयले आफ्नो ६६ औं वार्षिकोत्सब कार्यक्रम सम्पन्न गरेको छ ।वार्षिकोत्सबको उद्घाटन जिल्ला समन्वय समिति बाग्लुङका प्रमुख  राजेन्द्र दुंगानाले पानसमा दिपप्रज्वलन गरि गर्नुभएको थियो । यसैगरी  राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) बाग्लुङ बाट बिनियोजित भएको आर्थिक वर्ष २०७५/०७६ मा ४ काठे पक्की भवनको प्रमुख अतिथि दुंगानाबाट ताम्रापत्र अनावरण गरि  विद्यालयलाई चाबी हस्तान्तरण समेत गर्नुभएको थियो ।

उदघाट्न समारोहलाई संबोधन गर्दै  जिसस प्रमुख ढुंगानाले शिक्षा बिकासको पहिलो सुचक  भएको बताउँदै देेश विकासको लागि शैक्षिक विकास पहिलो शर्त भएको बताउनुभयो । उहाँले शिक्षा बिकासका निम्ति बिद्यार्थी शिक्षक अभिभावकको त्रिकोणात्म सम्बन्ध हुन जरुरी रहेको विचार व्यक्त गर्नुभयो । सर्बोदय  जनक माध्यमिक विद्यालयले समाज, देश, रास्ट्र बिकासमा महोत्सवपुर्ण टेवा पुर्याउने जनशक्ति उद्पादन गर्न सकोस् भन्दै शैक्षिक प्रगतिको शुभकामना दिनु भयो।

समारोहमा बिधालयका प्र.अ भवानी शर्माले बिधालयको वार्षिक प्रगति प्रतिबेदन प्रस्तुत भयो । साथै कार्यक्रममा  विभिन्न कक्षामा आधअध्ययन बिद्यार्थीहरुलाई छात्रवृत्ति वितरण र कुशल शिक्षकहरूलाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा जैमिनी नगरपालिकाका प्रमुख इन्द्रराज शर्मा उपप्रमुख लिला राना जि.स.स बाग्लुङ सदस्य राजेन्द्र के.सि रास्तिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाई (शिक्षा ) का इन्जिनियर नवीन कुमार सिंह जै.न पा. वडा ५ अध्यक्ष गोपाल प्रसाद पौडेल प्राधिकरणका सप इन्जिनियर बिस्वप्रकास रानाको आथित्यता थियो।

बिधालय ब्याबस्थापन समितिका अध्यक्ष नर बहादुर मल्लको अध्यक्षता, सर्वोदयका शिक्षक टंक प्रसाद शर्माको संचालनमा सम्पन्न  उक्त कार्यक्रममा बुद्धि प्रसाद शर्माले गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here