सरकारको विपरित निजी क्याम्पसहरु, अखिल छैठौंद्वारा विरोध

0
166

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले नेपाल सरकारको निर्णय विपरीत निजी क्याम्पसहरुमा पनि कृषि र वन स्नातक तहमा भर्ना खोलेको प्रति अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (छैठौं)ले आपत्ति प्रकट गरेको छ ।

छैठौंका अध्यक्ष विमल पोखरेलले एक प्रेस विज्ञप्ती जारी गरि भनेका छन्– “गत वर्ष आन्दोलनरत विद्यार्थीहरुसंग कृषि विश्वविद्यालयका आंगिक क्याम्पसलाई पूर्वाधारसम्पन्न नबनाइकन, पढाइलाई व्यवस्थित नबनाइकन कुनै पनि निजी शिक्षणसंस्थाहरुलाई सम्बन्धन नदिने सहमति भएको थियो ।”

“तर आंगिक क्याम्पसहरुमा भौतिक पूर्वाधार बनाउन र पढाइलाई व्यवस्थित बनाउन कुनै ध्यान नदिइ सहमति विपरीत भौतिक पूर्वाधार नै नपुगेका निजी क्याम्पसहरुलाई विश्वविद्यालयले २०७५ असारमा सम्बन्धन दिने निर्णय गरेको थियो ।” पोखरेलले अखिल (छैठौं) सहितका विद्यार्थी संगठनहरुका लगातारको आन्दोलनपछि २०७५ साउनमा मन्त्रीपरिषद्ले उक्त सम्बन्धन दिने निर्णय खारेज गरेको विज्ञप्तीमा जनाएका छन् ।

अखिल (छैठौं)ले विश्वविद्यालयको केन्द्रीय एवं आंगिक क्याम्पसमा भर्ना सुचारु गर्न र निजी क्याम्पसमा गरिएको भर्ना आह्वान रद्द गर्न समेत सोही विज्ञप्ती मार्फत माग गरेको छ ।

निजी क्याम्पसलाई सम्बन्धन दिने निर्णयका विरुद्ध आन्दोलनरत विद्यार्थीहरुलाई गिरफ्तार र धरपकड गर्ने गरिएकोप्रति विरोध गर्दै आन्दोलन दबाउन गरिएका सबै प्रयासहरुलाई निस्तेज पार्नको लागि विद्यार्थीहरुलाई एकजुट हुन आह्वान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here