कठामाडौं । त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालका चिकित्सक प्राध्यापक गोविन्द केसीले सातै प्रदेशमा सरकारी मेडिकल कलेज स्थापना गर्ने काम द्रूत गतिमा अगाडि बढाउन सरकारसित पुन: माग गरेका छन् ।
तत्काल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अविलम्ब एम.बी.बी.एस. भर्ना सुरु गर्न पत्रकार सम्मेलन आयोजना गरी उनले माग गरेका छन् । उनले आफ्नो पन्ध्रौा अनसन अन्त्यका क्रममा सरकारले गत साउन १० गते गरेको सम्झौता तत्काल कार्यान्वयनमा ल्याउन, चिकित्सा शिक्षा विधेयक पारित गराउन, गौरी बहादुर कार्की नेतृत्वको जााचबुझ आयोगले दोषी ठहर्याएका पदाधिकारीमाथि कारवाही गर्न र सरकारको निर्णय विपरीत काठमाडौा विश्व विद्यालयले तोकेको चिकित्सा शुल्क फिर्ता लिन ध्यानाकर्षण गराएका छन् ।
सङ्घीय संसद्, प्रतिनिधि सभा, शिक्षा तथा स्वास्थ्य समितिले छिटोभन्दा छिटो समितिबाट चिकित्सा शिक्षा विधेयक पारित गराउन छलफल अगाडि बढाएको छ । त्यसैगरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सात वटै प्रदेशमा कम्तीमा एक वटा मेडिकल कलेज स्थापना गर्न आवश्यक प्रक्रिया अगाडि बढिसकेको जनाएको छ ।
यसैबीच, महेन्द्रनगर पुगेर निर्मला पन्तको न्यायको खोजीमा उनको परिवारले सुरु गरेको अनिश्चित कालीन धर्नालाई केसीले ऐक्यबद्धता जनाएका छन् । २०७५ मङ्सिर ११ गते कञ्चनपुर आएका डा. केसीले धर्नास्थल जिल्ला प्रशासन कार्यालयको मुख्य प्रवेशद्धार पुगेर ऐक्यबद्धता जनाएका हुन । गत कार्तिक २५ गतेदेखि छोरीको न्यायको खोजीमा निर्मलाको परिवार अनिश्चित कालीन २४ घण्टे धर्नामा बसेको छ ।
डा. केसीले कारले अगामी पुस २ गतेभित्र निर्मलाका हत्यारा सार्वजनिक नगरिए आमरण अनसन बस्ने चेतावनी दिएका थिए । चिकित्सा शिक्षाका लागि आन्दोलन गर्दै आएको डा. केसीले निर्मला न्यायलाई द्रोसो मुद्दा बनाएका छन् । उनले सरकारलाई तीन हप्ते अल्टिमेटम दिएका छन् ।
घटना घटेको चार महिना भइसक्दा पनि न्याय नपाउँदा निर्मलाका बुबा यज्ञराजको मानसिक स्वास्थयमा समस्या देखिएकाले उपचारका लागि काठमाडौा ल्याइएको छ । उनको काठमाडौास्थित उपचार भइरहेको छ । यता, निर्मलाकी कान्छीआमाले धर्नालाई निरन्तरता दिएकी छन् । निर्मलाको न्यायको लागि दबाबस्वरूप जारी अनिश्चित कालीन धर्नास्थल पुगेर प्रा.डा. केसीले धर्नामा ऐक्यबद्धता जनाउनुका साथै निर्मलाका कान्छी आमासाग भेट पनि गरेका छन् ।
भेटका क्रममा उनले निर्मलाले अवश्य न्याय पाउने आशा व्यक्त गरे । यसको लागि आफ्नो क्षेत्रबाट हुने सहयोग गर्न तयार रहेको सुनाए । निर्मला कान्छी आमा लक्ष्मीले घटना घटेको चार महिना भैसक्दा पनि न्याय नपाएको बन्दै डा. केसी सामु बिलौना गरिन् ।
त्यस्तै, डा. केसीले सरकारले अपराधीलाई कारवाही गर्नुको साटो ढाकछोप गर्नमा लागि परेको आरोप लगाएका छन् । धर्नालाई ऐक्यबद्धता जनाएपछि पत्रकारसाग कुराकानी गर्दै उनले सरकारले निर्मलालाई न्याय दिनुको साटो अपराधीलाई संरक्षण गरिरहेको आरोप लगाएका हुन ।