“समृद्ध” नेपालमा दुःखी नेपालीहरु कहिले “समृद्ध” बन्ने ?

0
307
Nepalese migrant workers queue to receive official documents in order to leave Nepal from the Labour department in Kathmandu on January 27, 2014. Nearly 200 Nepali migrant workers died in Qatar in 2013, many of them from heart failure, officials said, figures that highlight the grim plight of labourers in the Gulf nation. AFP PHOTO/Prakash MATHEMA (Photo credit should read PRAKASH MATHEMA/AFP/Getty Images)
  • रेशम रोका मगर

हरेक ३–३ वर्षमा लिइने संयुक्त राष्ट्र संघको मुल्याङकनमा भुटान अति जोखिमयुक्त राष्ट्रबाट उक्लेर विकासोन्मुख राष्ट्रको कित्तामा प्रवेश पायो । तर, राज्यको मु्लप्रवाहीकरणको प्रक्रियाबाट वञ्चित सबैजसो सैद्धान्तिक, वैचारिक एवं दार्शनिक पाटोबाट हेर्दा एकाध अपवादलाई छोडेर जनता यो रोगबाट ग्रसित छन् । सुन्दा राम्रो लाग्ने तर यसको विषले दुरगामी असर पारिरहने ।

यो कुरा सत्ताधारीलाई राम्ररी हेक्का छ तर जनताको अज्ञानताले सत्ताधारी जोगिने मात्र होइन उसको आयु लम्विएको छ । वर्तमानको नेकपाको सरकारले नेपाललाई अति जोखिमयुक्त राष्ट्रको कित्तामै राखिरहन संयु्क्त राष्ट्र संघलाई पत्राचार गर्यो । यस्तो निर्णय किन गरियो त ? सरकारलाई सोध्ने हो भने सजिलो स“गै जवाफमा भन्छ पक्कै पनि “विदेशी अनुदानमा कटौटी आउछ ।” बिदेशी अनुदानको दम्भमा सस्तो लोकप्रियताको लागि पासपोर्ट र सर्टिफिकेट देखाएर ऋण उपलब्ध गराउने गुलियो चक्लेटको चारो हान्दै छ ।

हिजो आफू कुन ठाउ“मा थिए भन्ने कुरा आजका मै हु“ भन्ने शासकवर्गहरुले बिर्सिनु हुं“दैन । किनकि सत्तामा पुर्याएका जनताले हो । तपाईहरुको गतिविधिलाई नजिकबाट मूल्यांकन गरिरहेका छन् । ठुलाठालुहरुका सन्तानहरु विदेशी राष्ट्रमा गएर अध्ययन गर्ने हामी गरीब जनताका सन्तान बुर्जुवा शिक्षा लिंदै यसरी तातो घाममा संघर्षपूर्ण जीवन व्यातित गर्नु वाध्यतालाइै रोक्नु पर्छ । जनताका छोराछोरी पनि आफ्नै सन्तान हो भनेर बुझ्ने प्रयास गर्नुस् ।

हिजो बुर्जुवा शिक्षाको बिरोध गर्नु पर्छ भनेर बिद्यालय बन्द गराउने, बिद्यालय भत्काउन उस्काउने अहिले आएर स्वरोजगारको नाममा प्रमाणपत्रको धितोमा ऋण उपलब्धको नीति ल्याउने ? अब भन्नोस् महासय पढ्नुपर्छ भन्ने बेला हतियार बोकाएर बुर्जुवा शिक्षाको विरुद्ध लडेकाहरुले कहा“बाट ल्याउने प्रमाणपत्र ?

आफू र आफ्नो पार्टीलाई कसरी बचाउन सकिन्छ भन्ने सोंचमा ग्रस्त रहेका सत्तासीन शासकहरु भोको भेट आन्दोलनमा उत्रिएका गरिब जनताका छोराछोरीहरुको भविष्यप्रति कुनै दिलचस्पी देखिदैनन् । सत्ताधारीहरुलाई जनताको जनजिविका भन्दा आफ्नो बढी चिन्ता देखिन्छ । जसले गर्दा आफै मुढेबल प्रयोग गरेर सत्ताको भरमा शक्ति लगाएर जनताका छोराछोरीलाई यति बेला कोर्रा हान्ने काम भइरहेको छ ।

जनता माथि सत्तासिनहरुले अधिनायकबादको दम्भा फैलाउंदैछन् । त्यति मात्र होइन, शक्ति र सत्ताको दम्भमा दिनप्रतिदिन जनताको रोजीरोटी खोसिदै छ । आज हामी जनताले गम्भीर भएर बुझ्न जरुरी छ । राजाको निरंकुश शासन र सत्तालाई ढालेर देशमा पछिल्लो पटक नेपाली जनताले चाहेको, रोजेको र खोजेको लोकतन्त्रमाथि यति बेला फेरी प्रहार हु“दैछ । मुलुकमा वर्तमान सरकारले सत्ता सम्हालेको केही क्षणमै जनतामाथि अंकुश लगाएर लोकतन्त्रको उपहास गरेको छ । यसलाई पनि जनतन्त्र जनजीवीको पक्षमा संघर्षरत शक्तिहरुले बुझ्ने कि ? अन्यथा धेरै ढिलो भैसक्ने छ ।
(प्रदेश भुमी कतार बाट)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here