समानुपातिक सूचीमा त्रुटि, सच्याउन ३ दिनको समय

0
214

काठमाडौं । निर्वाचन आयोगको सोमबार बसेको बैठकले कांग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल, संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनमोर्चा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई कानुनअनुसार सूची मिलाएर पठाउन पत्राचार गरेको छ ।

ती दलले पठाएको नामावलीमा समावेशी समूह नमिलेको, क्रम मिचिएको, महिलाको अनुपात नमिलाइएको जस्ता त्रुटी देखिएको छ । आयोगले ती दललाई त्रुटि सच्याउन तीन दिनको समय दिएको छ ।

आयोगले सातवटै प्रदेशसभाको समानुपातिकतर्फको २ सय २० सिटको परिणाम पुस ७ गते घोषणा गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here