माधव भाट क्षेत्री ।
कपिलवस्तु भाद्र २४। कुल जनसंख्याको करिब २० प्रतिशत जनसंख्या रहेको नेपालको दलित समुदाय देशको राजनीतिक परिवर्तन तथा आर्थिक–सामाजिक विकासमा उल्लेखनीय भूमिका रहँदै आएको छ । तर देशमा लोकतान्त्रिक गणतन्त्रको स्थापनाको एक दशक पुगिसक्दा पनि दलित समुदाय माथिको भेदभाव, छुवाछूत, ज्यादती, उत्पीडन र शोषण, कतिपय स्थानहरुमा पंचायतकालिन समाजमा जस्तो व्यवहार देखापरेकोले सम्माननिय प्रधानमन्त्रीको कार्यालयको ध्यानआक्राषण गर्दै जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी मार्फत राष्ट्रिय जनमोर्चा निकट जातीय समता समाज कपिलवस्तुका अध्यक्ष झक बहादुर बि.क.सहितको एक प्रतिनिधि मण्डलले ज्ञापन पत्र बुझाएको छ । ज्ञापन पत्रमा अगाडि भनियको छ “
समाजमा देखिने यसप्रकारका व्यवहारका कारण दलित समुदायले देशमा लोकतान्त्रिक, गणतन्त्रात्मक व्यवस्था आएको अनुभूति प्राप्त गर्न सकिरहेका छैनन् । परिवर्तित राजनीतिक तथा आर्थिक–सामाजिक परिवेशमा दलित समुदायको सामाजिक जीवनमा सुधार हुनु आवश्यक छ । जातीय समता समाजका तर्फबाट दलित समुदायका विद्यमान समस्याहरु तत्काल समाधानका लागि प्रधानमन्त्रीज्यूलाई ज्ञापन दिन प्रमुख जिल्ला अधिकारीज्यू समक्ष उपस्थित भएका छौं” भनियको छ।