संघीयताको विरोधमा राजमोद्वारा ज्ञापन

0
229

बुटवल । सङ्घीयता खारेजीको माग गर्दै राष्ट्रिय जनमोर्चाले सरकारलाई ज्ञापन पत्र बुझाएको छ । सङ्घीयताको विरोध गर्दै आएको सो पार्टीले २०७४ चैत्र १४ गते ५ नम्बर प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेललाई ज्ञापन पत्र बुझाएको हो ।

सङ्घीयता खारेजीका लागि मुख्यमन्त्रीको हैसियतले प्रकृया अगाडि बढाउन राष्ट्रिय जनमोर्चाले ज्ञापन पत्र मार्फत आग्रह गरेको छ । राष्ट्रिय जनमोर्चाका प्रदेश समितिका अध्यक्ष बोम बहादुर खत्रीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले मुख्यमन्त्री पोखरेललाई ज्ञापन पत्र बुझाएको थियो । ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री पोखरेलले राज्यको चरित्र सङ्घीयता नभएको बताउनु भयो । उहाँले कतिपय देशहरुमा सङ्घीयताले भन्दा एकात्मक शासन प्रणालीले जनतालाई धेरै अधिकार दिएको बताउनु भयो । राजमोकाका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले सङ्घीयता खारेजीका लागि दीर्घकालीन लडाइँ लड्नु पर्ने बताउनु भयो ।

राष्ट्रिय जनमोर्चाले सङ्घीयता खारेजीका लागि आन्दोलन गर्ने तयारीमा रहेको छ । अहिले केन्द्रीय सरकार र सबै प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाई सकेपछि सङ्घीयताका विरुद्व फरक ढङ्गले आन्दोलनमा उत्रन सो पार्टीका नेताहरुले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here