संगरुरमा मूल प्रवाहले स्थापना दिवस र भैलो एकैसाथ सम्पन्न पार्यो

0
176

संगरुर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदुरपश्चिमोत्तर क्षेत्रीय समितिद्धारा संचालित संगरूर नगर समितिको आयोजनामा २०७५ को प्रगतिशील भैलो तथा मूल प्रवाहको ४०औं स्थापना दिवस भव्य रुपमा सम्पन्न भएको छ ।

खेमराज पोख्रेलको अध्यक्षता तथा राजु खनालको संचालनमा अगाडि बढेको सो समारोहमा विभिन्न अतिथिहरुको आशन ग्रहण पछि ज्ञात अज्ञात शहिदहरु प्रति १ मिनट मौनधारण पश्चात लक्ष्मी पाण्डे तथा रक्तिमका कलाकारले स्वागत गर्नुभएको थियो । सो समारोहको उद्घाटन केन्द्रीय परिषद सदस्य वुद्धी आचार्यले करतार ध्वनीमा मोमबत्ती वालेर गर्नुभएको थियो ।

मूल प्रवाहको स्थापना दिवश एंव जनवादी भैलोको विषयमा वोल्दै शुभकामना दिने वक्ताहरुमा नारायण भुसाल, संगिता परियार, लक्ष्मी पाण्डे, रवि विक, रामप्रसाद खनाल, राजु खनाल, संगिता परियार, सरिता भुसाल, अमृता खनाल, रोमा भुसाल, हेमंत मरासीनी, पार्वती विरकट्टा, खेमराज पोख्रेल, वुद्बी आचार्य, नारायण भुसाल, गणेश आचार्य, रुद्र आचार्य लगायतले मन्तव्य दिनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here