श्रीगंगानगरमा प्रशिक्षण लगायतका गतिविधिहरु सम्पन्न

0
312
श्रीगंगानगर । यहाँमूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समितिको आयोजनामा एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
केन्द्रीय उपाध्यक्ष कपिल खनालले प्रशिक्षण कार्यक्रमको विधिवत उद्घाटन गर्नुभएको थियो । सो प्रशिक्षण कार्यक्रममा कपिल खनाल र नेपाली समाचार साप्ताहिकका सह–सम्पादक धनवीर पुनले छुट्टाछुट्टै विषयमा प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा त्रिभुवन भट्टराई, बसन्ता नेपाली, हुम बहादुर विक, सुनिता भट्टराई, विष्णु न्यौंपाने, मिनबहादुर पुन, बालाराम उपाध्याय, मिनराज पोख्रेल, जागेश्वर न्यौंपाने, विष्णु विक, हरि न्यौंपाने, तेजपाल भण्डारी, कमला खड्का, कल्पना न्यौंपाने, मिनराज भण्डारी, बोम बहादुर विष्ट, रेशम भण्डारी, डुकेन्द्र विक लगायतले मन्तव्य दिनुभएको थियो ।
कार्यक्रम बसन्त भण्डारीको सञ्चालन र गिरु प्रसाद न्यौंपानेको अध्यक्षबाट अगाडि बढेको थियो । कार्यक्रममा उपस्थितहरुलाई हुम बहादुर विकले स्वागत गर्नुभएको थियो ।

सेतीयाफारम एरिया भेला सम्पन्न:

यहाँ नगर समिति अन्तर्गत सेतीयाफारम एरिया समितिको २८ मार्च २०१८ का दिन भेला सम्पन्न भएको छ । रेशम भण्डारीको सञ्चालन र जागेश्वर न्यौंपानेको अध्यक्षताबाट अगाडि बढेको सो भेलामा सहभागिहरुलाई रक्तिमका कलाकारहरु र तिलक सुवेदीले स्वागत गरेका थिए ।
भेलाको विधिवत उद्घाटन केन्द्रीय सदस्य तथा क्षेत्रीय सचिव त्रिभुवन भट्टराईले गर्नुभएको थियो । भट्टराईले नगर सम्मेलन अभियानको दौरानमा सम्पन्न हुन लागिरहेको यो एरिया भेलाले महत्वपूर्ण अर्थ रहने बताउनु भएको थियो ।
कार्यक्रममा केन्द्रीय सदस्य कृष्ण जिसी, क्षेत्रीय समितिका हुम बहादुर विक, विष्णु न्यौंपाने, नगर अध्यक्ष गिरुप्रसाद न्यौंपाने, विद्यार्थी तेजपाल भण्डारी, रक्तिम केन्द्रीय विभागका हुकुम जिसी, रक्तिम क्षेत्रीय विभागका बोम बहादुर विष्ट, नगर समितिका बसन्त भण्डारी, जालन्धरका मिनराज भण्डारी, खेल विभागका हरिप्रसाद न्यौंपाने, महिला विभागबाट कल्पना न्यौंपाने, सरस्वता न्यौंपाने, किशन  नेपाली, मिनराज पोख्रेल लगायतले आतिथ्यता तथा भेला सफलताको शुभकामना मन्तव्य दिनुभएको थियो ।
भेलाले नगर सम्मेलनका लागि व्यापक तयारीमा जुट्ने, सदस्यता वितरण, संगठन निर्माण लगायतका कार्यक्रमहरुलाई व्यापकता साथ अगाडि बढाउने निर्णय गरेको छ ।

रायसिंह नगर एरिया समिति पुनरगठन:

त्यसैगरी सोही नगर समिति अन्तर्गत जयपु उत्तर नगर समितिका उपाध्यक्ष मंगल सिंड्काको पहल तथा केन्द्रीय सदस्य त्रिभुवन भट्टराईको विशेष उपस्थितिमा रायसिंह नगर एरिया समिति पुनरगठन गरिएको छ ।
अध्यक्ष– ललित केसी, उपाध्यक्ष–शशि गिरी, सचिव– शुशिल केसी, सहसचिव– ललित पुन र कोषाध्यक्ष– सरस्वती केसी, सदस्यहरु प्रतिभा गिरी, राजु खड्का, कमला एमसी रहेका छन् ।

टोल समिति गठन:

सोही दिन सोही एरिया समिति अन्तर्गत गिरुप्रसाद न्यौंपाने, हरिप्रसाद न्यौंपाने, रेशम भण्डारी, जागेश्वर न्यौंपानेको पहल तथा केन्द्रीय सदस्य कृष्ण जिसी र त्रिभुवन भट्टराईको विशेष उपस्थितिमा टोल समिति गठन गरिएको छ ।
जसमा: अध्यक्ष– तेजपाल भण्डारी, उपाध्यक्ष– गोपाल पोख्रेल, सचिव– तुल्सीराम भण्डारी, सहसचिव– विनोद सुवेदी र कोषाध्यक्ष– लक्ष्मण वाग्ले रहेका छन् । त्यस्तै सदस्यमा: रामचन्द्र भण्डारी, रेनुका भण्डारी, लालु पोख्रेल, गोपाल न्यौपाने, निमाराम वाग्ले, सरस्वता पोख्रेल, विष्ना वाग्ले, राधिका भण्डारी, ओविराम भण्डारी र लक्ष्मण आचार्य रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here