श्रमिक विरोधी नीतिका विरुद्ध मजदुर संगठनको संयुक्त प्रदर्शन

0
180

काठमाडौं । अखिल नेपाल ट्ेरड युनियन महासंघ (अन्टुक) सहित १३ मजदुर संगठनहरुले सरकारको श्रमिक विरोधी नीतिको विरोधमा २०७५ साउन ३० गते संयुक्त विरोध प्रदर्शन गरेका छन् । राजधानीको बबरमहलबाट जुुलुस सहित शुरु भएको सो कार्यक्रम माइतिघर मण्डलामा पुगी सभामा परिणत भएको थियो ।

सभालाई अन्टुकका अध्यक्ष नारायण सापकोटा, अनिल नेपाल क्रान्तिकारी ट्ेरड युनियन महासंघका प्रतिनिधि विनोद थापा, क्रान्तिकारी ट्ेरड युनियन महासंघका अध्यक्ष राजन तिमिल्सिना, अखिल नेपाल क्रान्तिकारी ट्ेरड युनियन महासंघका अध्यक्ष ईश्वर तिमिल्सिना, प्रगतिशील नेपाल स्वतन्त्र ट्ेरड युनियन महासंघका अध्यक्ष केदार गिरी, नेपाल समाजवादी ट्ेरड युनियन महासंघका अध्यक्ष लालध्वज नेवाङ, नेपाल ट्ेरड युनियन महासंघ (स्वतन्त्र)का अध्यक्ष इन्द्रदेव मिश्र, राष्ट्रिय (हाल समाजवादी) लोकतान्त्रिक ट्ेरड युनियन महासंघ (स्वतन्त्र) का अध्यक्ष नवराज दाहाल र स्वतन्त्र प्रजातान्त्रिक ट्ेरड युनियन महासंघ नेपालका महासचिव खगेन्द्र प्याकुरेलले मन्तव्य राख्नु भएको थियो ।

वक्ताहरुले श्रमिकको न्यूनतम पारिश्रमिकमा बृद्धि, विभिन्न कानुनमा रहेका श्रमिक विरोधी नीतिको खारेजी, श्रमिकको सामाजिक सुरक्षाको ग्यारेन्टी लगायतका विषयमा आफ्ना विचार व्यक्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here