धनकुमारी अर्याल
साहित्यमा नयाँ स्रष्टा र कृति
लाग्दैछ विगुल फुक्दैछ संस्कृति
अायाे साहितिक अमुल्य वहार
जन्म दिनमा सन्तानको उपहार
नमन छ कृति बनाई दिनेलाई
बधाई भाग्यमानी छाेरीहरूलाई
अामाभित्रकाे अदृश्य कलालाई
कविता, मुक्तक र गीतमालालाई
केक काटेर मनाउने जन्मदिनमा
थाहै नपाई पाइन साहितिक उपमा
जीवनमा कृति अाउला बनाउला
कल्पनै थिएन रे विमाेचन गराउँला
सामाजिक घटना मन छुन्थे रे
देख्दा नारी अावाज कविता हुन्थे रे
पीडा त्याे अामा बाबू गुमाएको पल
कसकाे राेकिएला र अाँसुका भल
उस्तै छ पीडा देशकाे चिन्ता माटोकाे
सम्झना हुने बालपन खेत फाँटकाे
सम्झना साथी र सहयोगी मनकाे
घुमाउछ पुस्तक पढे अाधा फन्काे
नारी जीवनकाे संवेदनालाई ससँगसँगै
छ नेता र भ्रष्टाचारीलाई ठुलाे व्यङ्ग्य
कठिन भाे मलाई पाठक समीक्षा गर्न
अागामी दिनमा अझै पर्नेछ तिखार्न
पहिलो कृति नारी स्रष्टा हाम्रो सान
अागामी कृति सशक्त हुनेछ मान
लेख्न नछाेड्नु देखेकाे घटनालाई
अझै सशक्त गरि पर्छ समेट्नलाई