- सुमन थापा
शहर भित्रको भिड्मा
आफुलाई हराएको छु
खोज्ने मन छैन
नाम मात्रको खुसी
कहाँ छ शहर भित्र खुसी ?
खुसिको खोजिमा
उचालिएका पाइलाहरु
कहाँ धसिए
कहाँ उधिनिए पत्तै भएन
शहर को झिलिमिलीमा
रमाउने सपना
अनि मिठा कल्पना
फगत रहेछ …..
बनावटी उज्यालो
बनावटी आफ्नाहरु
भेटिने शहर
आफुलाई रमाउन छोडिसकेछु
जुनकिरिको उज्यालो मा
रमाउन जानेकि
झ्याँउकिरिको धुनमा
नाच्न सिकेकी
असह्य लाग्दैछन
सहरका धुन हरु
न आफुलाइ नै सुन्न सकिने
न आफुलाईनै चिन्न सकिने
कुन खुसी खोज्न
भौतरिदैछन यी पाइलाहरु ??
आफ्नै पाइलाका डोबहरु
खोज्दा नभेटिने शहरमा
बनावटि आफ्ना हरुको माझमा
मुल्यहिन हाँसो…
मुल्यहिन परिचय …
हरेक दिन हरेक बिहानी
खुसी खोज्न
उचालिन्छन पाइलाहरु
मायाको पनि
मोलमोलाइ हुने सहर मा
यस्तै सहर भित्र हराएको छु
गुमनाम हुँदैछु
साधनहरुको आवाज बिचमा
अनि…
शहर भित्रको भिड्मा
शहर भित्रको भिड्मा ।।