शब्द,संगीत र आवाजको त्रिबेणी गजल “कयौँ प्यासी रातहरूले” (भिडियो सहित)

0
443

काठमाण्डौ । बेलायतमा बसोबास गर्दै आउनु भएका साहित्यकार तथा गीतकार जानु काम्बाङ लिङ्देनको शब्द रचना र चर्चित संगीतकार डि आर अटुको संगीतमा सजिएको गजल ‘कयौँ प्यासी रातहरुले’ सार्बजनिक भएको छ । गजलमा स्वर रहेको छ सुमधुर स्वरकी धनी गायिका श्रेयसी चेम्जोङको ।

गीतमा ईशराज सन्तोष श्रेष्ठले, बॉंसुरी पावल चाम्लिङ्ग, तवला धनेश्वर तिवारी, गिटार सागर गुरुङ र किबोर्ड राम भुजेलले बजाएका छन् ।

स्टेजमा छायांकन गरिएको यो गीतलाई सर्बेश बैद्यले छायांकन गरेका हुन् भने एम शेरचनले सम्पादन गरेका हुन् । मिक्सिंग शम्भु तन्डुकारले गरेका हुन् ।

नेपाली समाचारबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here