व्यड्डहरु हाँसेको देश

0
139
अजम्बरध्वज खाती

भत्कँदा प्राचीरहरु
भरकाउँदा प्राचीरहरु
रमाउनु रमाछन् हातहरु
रमाउनु रमाछन् आँखाहरु
कस्को के लाग्दो रहेछ र ?
फेरि शहिद गेट भत्काउने सुरमा छन्
यसरी पनि परिवर्तन अनुभव गर्दैछन् ।

चिहानमा गडिएकाहरु
चितामा पोलिएकाहरु
तिनै थिए यो इतिहासमा लेखिएकाहरु
यी सबै ब्यूझिएर वर्तमानमा
लड्दैछन् महाभारत
इतिहासभित्रै कुरुक्षेत्र रचे घमासान यी मसान
इतिहासको पाना उप्काएर
पाता च्यातेर र पाता फालेर
कस्को के लाग्दो रहेछ र ….?
यो घडिमा इतिहास आफै पनि हार्नु पर्दोरहेछ
मौन उ स्वीकृत भएको छ
यसरी पनि परिवर्तनको अनुभव हुँदोरहेछ ।

न काले
न गोरे
भनेपछि हुँदो रहेछ, हुनै पर्दोरहेनछ
नाम फेरेर गाउँको
ठाम फेरेर नामको
क्रान्तिको उराल आ छ
देश नयाँ भएको छ
भाषा नयाँ भएको छ
भाव नयाँ भएको छ
बल्ल आज यसरी भिमदत्तले बास पाएछन्
लखन थापाले ठाम पाएछन्
ठाउँहरुले विकास पाएछन्
यत्तिले मात्रै पनि परिवर्तन पाएको अनुभव गजर्याछन् ।
मालिकहरु छैनन्
मात्र सालिकहरु सड्ड सालिकहरु लड्दैछन्
न अटाइ न अटाइ
सालिकहरु हटाइ अर्को सालिक बस्दैछन्
के को आकृति ………… ?
के को विकृति…………….?
यो त संस्कृति भयो
मौन सालिक जे गरे पनि स्वीकृति बाँड्छन्
कसको के लाग्दो रहेछ र…….. ?
यसरी पनि परिवर्तनको अनुभव गर्दैछन् ।

न रंगको न दड्डको
व्यड्ड जस्तो छ युग
मेचीमा गएर महाकाली खोज्छ
महाकालीमा गएर मेची खोज्छ
गन्तव्य पनि यस्तै छ
मन्तव्य पनि यस्तै छ
जे भनेपनि भएको छ
जे बोलेपनि भएको छ
भाषाले व्याकरण बिर्सेको छ
व्याकरणले भाषा बिर्सेको छ
कस्को के लाग्दो रै छ र…….. ?
अझ चलेकै छ
यसरी पनि परिवर्तनको अनुभव भएकै छ ।
– बुटवल–६,रुपन्देही

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here