वुर्जुआ संस्कृतिलाई प्रगतिशील रुपांतरण गरौं : खडका

0
283

चंंडिगढ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदुर पश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत चंंडिगढ नगर समितिद्बारा संचालित इन्डस्ट्रीयल एरिया समितिले जनताको घरदैलोमा २०७५ को जनवादी भैलो ३ दिनसम्म अपार समर्थन विच भव्य र शानदार रुपमा सम्पन्न भएको छ ।

एरिया सचिव थानेश्वर पान्डे को संचालन तथा कोषाध्यक्ष सिमा खडकाको अध्यक्षतामा सम्पन्न समारोहमाउपस्थित जनसमुदायलाई सरस्वता भुसालले स्वागत गर्नुभयको थियो ।

कार्यक्रममा केन्द्रीय सदस्य दिनेश खडकाले समारोहलाई सम्वोधन गर्दै प्रगतिशील संघ संस्थाहरुले वुर्जुआ संस्कृतिलाई पनि प्रगतिशिल रुपान्तरण गर्दै समाजमा आमुल परिवर्तनका लागि उपयोग गर्दै र त्यसमा नभएका विकृतीहरुलाई हटाउँदै जानु पर्ने बताउनु भयो । “हाम्रो यो भैलोले तिहारको शुभकामना जनजनलाई दिदै राष्ट्रियताको रक्षार्थ तथा संघीयताको विरुद्धको आन्दोलनलाई सहयोग गर्न भैलो खेलेको हो” खड्काले भन्नु भयो ।

त्यस्तै सुदुरपश्चिमोत्तर क्षेत्रीय सल्लाहकार तथा नेपाली समाचार सम्वाददाता खिमराज चालिसे, समाता विभागका वीनु नेपाली, सुदुरपश्चिमोत्तर महिला क्षेत्रीय विभागकी सचिव जुना चालिसे, क्षेत्रीय सदस्य लक्ष्मण खनाल, भिवानी नगर समितिका भुवन भण्डारी, भैलो टिमको विषेश अतिथि कलाकार यमलाल भण्डारी, विद्यार्थी क्षेत्रीय सदस्य सुरज चालिसे र विषेश सहयोगी प्रेम भुसाल लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here