काठमाडौं । यतिवेला अखिल छैठौंले देशव्यापी रुपमा संघीयता विरुद्ध विद्यार्थी मार्च संचालन हुने छ । मार्चको कार्यक्रम अन्तरगत विभिन्न जिल्लाका सदरमुकाम तथा विद्यालयहरुमा पर्चा वितरण र कोणसभाका कार्यक्रम समेत सम्पन्न भैरहेका छन् । कार्यक्रम पौष १५ सम्म चल्ने छैठौंले जनाएको छ ।
गण्डकी प्रदेश
त्यस्तै अभियानको अर्को टोली गण्डकी प्रदेशले निरन्तर संचालन गर्दै आएको छ । युनियनका केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेश इन्चार्ज गणेश अधिकारी, बै.केन्द्रीय सदस्य का.प्रताप पौडेल र युनियनका तनहुँ जिल्ला सचिव क.पुष्पा थापा सहितको टोलिले दमौली स्थित आदिकवि भानुभक्त क्याम्पसको स्नातक तह प्रथम बर्षमा मनिषा कुमालको अध्यक्षतामा १७ सदस्यीय अखिल(छैठौं) कक्षा इकाइ समिति निर्माण गरेको छ । जसको उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, सहसचिवमा क्रमशः समिता बि.क, सिर्जना शाही, शिव बि.क, धर्मराज थापा रहेका छन् भने सदस्यहरुमा किशोर न्यौपाने, ममता पौडेल, दिल ब.थापा, अस्मिता नेपाली, बिक्रम थापा, संगिता मगराती, सुस्मिता मगर, हेमा परियार, ध्रुव बि.क, संगिता नेपाली, अन्जना नेपाली, श्रीमाया रानाभाट र अस्मिता नेपाली रहेका छन् ।
त्यसैगरी पुष्पा थापाको अध्यक्षतामा ९ सदस्यीय अखिल (छैठौं) मुल इकाइ समिति निर्माण गरेको छ । जसको उपाध्यक्षमा किशोर न्यौपाने, सचिवमा मनिषा कुमाल, सहसचिवमा शिव बि.क, कोषाध्यक्षमा संगीता मगराती, सदस्यहरुमा क्रमशः दिल ब.थापा, बिक्रम थापा, धर्मराज थापा, समीता बि.क रहेका छन् ।
त्यस्तै सोही टोलिले दमौली स्थित “आदिकवि भानुभक्त” क्याम्पसको स्नातक दोस्रो तहमा सन्जु पन्तको अध्यक्षतामा ९ सदस्यीय अखिल(छैठौं) कक्षा इकाइ समिति निर्माण गरेको छ, जसको उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, सहसचिवमा क्रमशः अस्मिता अधिकारी, अब्सरा अधिकारी, अस्मिता भुजेल, तुलसी अधिकारी, सदस्यहरु सरला लम्साल, सुस्मिता सुनार, सन्जीता श्रेष्ठ र तिल कुमारी राना रहेका छन् ।
३ न. प्रदेश
त्यस्तै अर्को टोली अखिल (छैठौं) ३ न. प्रदेशले संघीयता विरुद्ध विद्यार्थी मार्च कार्यक्रम अन्तरगत दोलखाको सदरमुकाम चरिकोटमा रहेको गौरीशंकर बहुमुखी क्याम्पसमा भेला सम्पन्न गरेको छ । युनियनका केन्द्रीय सचिव तथा ३ न. प्रदेश इन्चार्ज सुवाश जि.सि.ले नेतृत्व गर्नुभएको टोलिले उक्त क्याम्पसमा ३५ सदस्यीय मुल इकाई समितिको निर्माण गरेको छ । कार्यक्रममा केन्द्रीय सचिव सुवाश जि.सि., केन्द्रीय सदस्य सृजना जि.सि. र केन्द्रीय सदस्य प्रतिभा आचार्यले मन्तव्य राख्नु भएको थियो ।
क्याम्पसमा सम्पन्न भेलाले अनुपा नेपालीलाई अध्यक्षमा चयन गरेको छ। भेलाले उपाध्यक्ष– दीपक फुँइयाल, सचिव– देवकी कार्की, सहसचिव– स्मृती लामा, कोषाध्यक्ष– यशोदा कार्की चयन हुनुभएको छ भने सदस्यहरुमा– पुर्वा शेर्पा, सुन्तली थामी, लामदिनी शेर्पा, सविना दाहाल, समिक्षा केसी, सुस्मा श्रेष्ठ, रुपेश थामी, बिबेक थामी, अनिल थामी, विक्रम लामा, युवराज कार्की, रमेश थापा, निरुत्ता वली, मनिता भण्डारी, सन्तोष ठकुरी, समित सुनुवार, संतोष मगर, कविता भुजेल, संजय तामाङ, कविता खड्का, भिमनक्षी शेर्पा, राधिका रेग्मी, सारदा थामी, स्वस्थानी वस्नेत, नवीन थापा, प्रेमवुती शेर्पा, योगेन्द्र लगाइ, जीवन थामी, सरिता थापा चयन हुनुभएको छ ।
सुदर पश्चिम
सुदर पश्चिम प्रदेशको अभियान टोलिले अछाममा अखिल छैठौंको झण्डा फरफराउन सफल भएको छ । अछामको साफेबगरमा रहेको जनकल्याण माबिमा हिमाल भिजारको अध्यक्षतामा पैतिस सदस्यीय कमिटी गठन गरेको छ । जस्को उपाध्यक्षमा समिक्षा कुबर, सचिबमा नवीन कुबर, सहसचिब तपेन्द्र बैक, कोषाअध्यक्ष पारस नायक सहित रहेका छन् ।
कार्यक्रमको सञ्चालन अखिल छैठौंका अभियान टोलि सदस्य कर्म जोशीले गरेका थिए । केन्द्रीय सदस्य हेमराज भट्ट र प्रमुख आतिथ्यता छैठौंका केन्द्रीय माहासचिव महेस राज जोशीको रहेको थियो ।
त्यसैगरी सोही टोलीले अछाम जिल्लाको त्रिपुरा सुन्दरी क्याम्पसमा रेखा कुँवरको सयोंजकत्वमा १९ सदस्यीय मूल एकाइ कमिटी गठन गरेको छ । कार्यक्रममा युनियनका केन्द्रीय महासचिव महेशराज जोशी, अखिल (छैठौं) का केन्द्रीय सदस्य हेमराज भट्ट, अखिल (छैठौं)का प्रदेश संयोजक डबल तिरुवा, राष्ट्रिय जनमोर्चाका नेता नरेश आलेको उपस्थिति थियो । सहसंयोजक मेनुका कुवर, सचिव सङ्गिता गन्दर्भ, कोषाअध्यक्ष खिना घर्ती, १९ सदस्यीय समिति ।