बासुदेव सोढाई
मुलुक अब नयाँ संरचनामा प्रवेश गरेको छ । स्थानीय सरकारको हातमा अधिकार प्राप्त भएको छ । अब स्थानीय सरकारले आफ्नो छेत्रवाट वैदेशिक रोजगारीमा गएका युवाहरुलाई फर्काउने कामलाई पहिलो प्राथमिकता दिनुपर्नेछ । किन भने श्रमशक्ति विना विकास संभव छैन । स्वदेशमा रोजगागीको वातावरण नहुदा लाखौंको संख्यामा युवायुवतीहरु विदेशी भुमिमा पसिना पोख्न वाध्य छन् । अब उनीहरुको पसिना स्वदेशमै पोखेर नेपाली माटो उर्भर वनाउनुपर्नेछ ।
स्थानीय निकायमा रोजगारिको अवसर सृजना गर्न स्थानीय उद्योगधन्दाहरुको स्थापना गर्ने, कृषिमा आधुनिकिकरण र ब्यावशाहिकरण, पर्यटनको विकास, जडिबुटी आदि स्थानीय स्तरमा हुनसक्ने र गर्न सकिने सम्पूर्ण तरिका अपनाएर रोजगारि खुल्ने वातावरण तयार होस् ।
युवाहरु बैदेशिक रोजगारिमा जाँदा देशको धेरै उर्भर जमिन बाँझै छ भने मुलुक कृषि वस्तुमा परनिर्भर वन्दै गएको छ । प्राकृतिक स्रोत साधनले सम्पन्न मुलुक किन गरिब ? अब प्रश्नको उत्तर खोज्ने वेला भयो ।
युवाहरु वैदेशिक रोजगारिमा जाँदा पारिवारिक विचलन पनि वढ्दै गएको छ । गाउँ घरमा बृद्ध बा–आमा सहारा विहिन वनेका छन् । विदेशबाट पठाएको रेमिट्यान्सले विदेशबाट उपभोग्य वस्तु आयात गरेर उपभोग गर्नुपर्ने वाध्यता छ । रकम वतच नहुने हो भने विदेश वस्नुको के अर्थ ? त्यसैले सम्पूर्ण नेपाली युवाहरु स्वदेश फर्काउने विशेष अभियान थाल्नुपर्छ ।
वार्षिक अरबांै रकम भ्रष्टाचार हुने देशमा युवाहरुले उद्योग व्यावशाय गर्न ऋण पाउँदैनन्, यसको पनि अब अन्त्य हुनुपर्छ । स्वदेशी भुमिमै पसिना पोख्ने आफ्नै देशमा स–परिवार बसेर गरिखाने वातावरण सृजना हुनुपर्छ । युवाहरु पनि सचेत र जागरुक हुन आवस्यक छ विदेश जाने मनस्थितिमा परिवर्तन गरि आफ्नै गाउँ ठाउँमा गरेर खाने सोंच बनाउन आवश्यक छ । आफ्नो घरमा काम गर्न लाज मान्ने हामी युवाहरु विदेशमा भने त्यै काम गर्न तयार हुन्छौं । समाजले पनि स्वदेशमै गरिखाने युवाहरू लाई सम्मान गर्नुपर्छ विदेश जानेलाई होईन ।