वामपन्थी सरकारले पनि महिला हिंसा रोक्न सकेन : केसी

0
518

श्रीगंगानगर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज श्रीगंगानगर नगर समिति अन्तर्गत महिला बिभागको आयोजनामा प्रगतिशिल तीजि कार्यक्रम भव्यरुपमा सम्पन्न भएको छ । कल्पना न्यौंपाने सञ्चालन तथा बसन्ता नेपालीको अध्यक्षताबाट अगाडि बढेको सो तीजि कार्यक्रममा सहभागिहरुलाई कमला जिसी र रक्तिमका कलाकारहरुले स्वागत गर्नुभएको यियो ।
कार्यक्रमको उद्घाटन केन्द्रीय अध्यक्ष दुर्गा बहादुर केसीले गर्नु भएको थियो । केसीले तीज पर्वलाई धार्मिक संस्कारको रुपमा भन्दा पनि आन्दोलनको रुपमा मनाउनु पर्ने बताउनु भयो ।

“विद्यमान नेपाली संस्कृतिमाथि पश्चिमा छाडा संस्कारको हस्तक्षेपले दिनदिनै नकारात्मक प्रभाव पर्दै गएको छ ।” केसीले भन्नु भयो– “जबसम्म हामी नेपालीहरुले आफ्नो राष्ट्र र राष्ट्रियताको संरक्षण गर्दैनौं तबसम्म यो संस्कृतिमाथिको हस्तक्षेप पनि बढ्दै जाने छ ।”

समाजमा महिलाहरु दिनदिनै हत्या, हिंसा, बलात्कार, परिवारिक हिंसाका शिकार बन्नुमा पनि कहिं न कहिं यहि छाडा संस्कृतिको प्रभाव रहेको केसीको भनाई थियो । केसीले वर्तमान वामपन्थी सरकारले पनि महिलाहरुमाथि हुने विभिन्न प्रकारका जघन्य अपराधलाई रोक्न नसक्नु दु:खद रहेको बताउनु भयो ।

कार्यक्रममा समाजका केन्द्रीय सदस्य कृष्ण जिसी, केन्द्रीय सल्लाहकार तथा क्षेत्रीय सचिव त्रिभुवन भट्टराई, क्षेत्रीय सदस्य हुम बहादुर विक, विष्णु न्यौंपाने, महिला क्षेत्रीय विभागकी बसन्ता नेपाली, बाग्मती केसी, कमला खड्का, सावित्रा विक, अनेवि संघ क्षेत्रीय सदस्य शिवा नेपाली, तेजपाल भण्डारी, नगर अध्यक्ष अमर नेपाली, रक्तिम केन्द्रीय विभागका हुकुम जिसी, रक्तिम क्षेत्रीय विभागकी कृष्णा नेपाली, बोबी नेपाली, विष्णु विक, खेल विभागका हरि न्यौंपाने, मूल प्रवाह नगर समितिका जागेश्वर न्यौंपाने, समता विभाका प्रेम नेपाली र जनजाति विभागका मीन बहादुर पुन लगायतले आतिथ्यता गर्नुभएको थियो ।

अतिथिहरुले तीजको अवसरमा सम्पूर्णलाई शुभकामना व्यक्त गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here