वर्तमान सरकार विकाश र समृद्धि भन्दा भ्रष्टाचारमा लिप्त छ: पुरी

0
480

साउन १२, सुर्खेत । राष्ट्रिय जनमोर्चा जिल्ला समिति सुर्खेतको आयोजनामा महङ्गी, कालोवजारी भष्टाचार र संघीयताका विरुद्धमा वृहत जनप्रर्दशन सहित विरोध सभा सम्पन्न भएको छ ।

विरोध सभालाई कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्यूनिष्ट पार्टी (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले सम्वोधन गर्नुभएको थियो ।

प्रवक्ता पुरीले वामनामको सरकारको कार्यक्रम र वजेटलाई हेर्दा निराशा वाहेक केहि नदेखिएको बताउनु भयो । “जनता भन्दा कार्यकर्ता केन्द्रीत रहेकाले यसले विकाश र समृद्धि भन्दा भ्रष्टाचार र अनियमितता वढाउने जनताले नखाई नखाई तिरेको करको दुरुपयोग भएको छ ।” पुरीले भन्नु भयो– “संघीय प्रणालीको खारेजी विना नेपाली जनताले राहतको सासफेर्न पाउने सम्भावना समेत छैन ।”

त्यसैगरि सभालाई अखिल (छैठौं) का केन्द्रीय कोषाध्यक्ष हस्तराज रेग्मिले सम्वोधन गर्दै शिक्षा र स्वास्थ्यलाई निजिकरण गरेर समाजवादमा पुग्न नसकिने वताउनुभयको थियो । वर्तमान सरकार इतिहासमै निजिकरणलाई प्रोत्साहन गर्नतर्फ उद्दत भएको वताउनु भयो । शिक्षा र स्वास्थ्य आम नागरिकको पहुँचमा हुनुपर्ने कुरामा जोड दिनुभएको थियो ।

सबै नेपालीका छोरा–छोरीले समान खालको शिक्षा पाउनु पर्ने बताउँदै निजिकरणको वकालत गर्ने प्यासन एन प्याप्सन र हिसानको खारेजी गर्नुको विकल्प नरहेको र अवको विद्यार्थी आन्दोलन त्यतै केन्द्रित हुने समेत वताउनु भयो ।

सभालाई अर्का वक्ता राष्ट्रिय जनमोर्चाका केन्ऽीय सदस्य रत्नविक्रम प्यासिले समेत सम्बोधन गर्दै राष्ट्र, राष्ट्रियता, जनताका जनजिविकाका, सवालमा पार्टी सधै जनताको साथमा रहने कुरा वताउनु भयो जनतालाई कुनै पनि प्रकारले दु:ख दिने शासकलाई सचेत गराउँदै खवरदारी गर्नु पार्टीको मुख्य जिम्मेवारी रहेको बताउनु भयो ।

सभालाई राष्ट्रिय जनमोर्चा केन्ऽीय सदस्य कृष्ण कुमारी रावल, राष्ट्रिय जनमोर्चा कर्णाली प्रदेशका कोषाध्यक्ष धनप्रसाद देवकोटा समेतले सम्वोधन गर्नुभएको थियो ।
अखिल (छैठौं) सुर्खेतका सचिव हरि बहादुर वुढाले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here