लकडाउनको पालना गर्न हाँक साप्ताहिकको अपिल

0
117

काठमाण्डौं । हाँक साप्ताहिक परिवारले कोरोना भाइरसको सङ्क्रमण बाट जोगिन लकडाउनको पुर्णरुपमा पालना गर्न सम्पुर्ण जनता सङ्ग अपिल गरेको छ । सङ्कटको यो घडीमा अफबाहपुर्ण समाचारको पछि लागेर आतङ्कित नहुन पनि हाँकले आग्रह गरेको छ ।

हाँक साप्ताहिकका प्रधान सम्पादक / प्रकासक गोबिन्द बहादुर थापा, सम्पादक शशिधर भण्डारी र कार्यकारी सम्पादक नारायण शर्माको संयुक्त हस्ताक्षरमा २०७६ चैत्र २२ गते जारी बक्तब्यमा सो आग्रह गरिएको छ । यसैगरि कोरोना संक्रमणका कारण देशभर लकडाउन भएकोहुँदा नियमित प्रकाशित भैरहेको हाँक साप्ताहिक पनि प्रकाशित हुन नसक्ने भएको पनि विज्ञप्तीमा उल्लेख गरिएको छ ।

यस्तो छ विज्ञप्तीको पूरा पाठ–

“विश्व मानव जगत नै यतिबेला कोबिड–१९ अर्थात कोरोना भाइरसबाट प्रताडित र आंतकित छ । साधन स्रोतले सम्पन्न विकसित मानिएका अमेरिका, इटाली, फ्रान्स, बेलायत जस्ता देशहरुमा समेत कोरोनाको संक्रमण अनियन्त्रित प्रकारले बढिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०७६ चैत्र २२ गते आफ्नो फेसबुक पेजबाट दिएको जानकारी अनुसार नेपालमा पनि स्थानीयमा पहिलो पटक कोरोना भाइरस पोजेटिभ देखिएकोछ छ । यस अघि विदेशबाट आएका नेपालीहरुमा मात्र देखिएको थियो । पछिल्ला ३ जनासँगै नेपालमा कोरोना संक्रमितको संख्या अब ९ पुगेको छ । विदेशबाट आएका नेपालीबाट स्थानीयमा समेत कोरोना सरेपछि अब नेपाली जनतालाई झनै सजकता अपनाउनु पर्ने स्थिति सिर्जना भएको छ ।

विकसित भनिएका देशहरुमा शुरुमा प्रयाप्त सावधानी अपनाउन हेलचेक्राई गरेकै कारण कोरोना संक्रमणले महामारकिो रुप लिएको प्रष्ट छ । प्रयाप्त साधन स्रोतहरुको अभाव रहेको हाम्रो देशमा हामीले अलिकति पनि वेवास्ता ग¥यौं भने निश्चित छ नेपालमा कोरोना संक्रमणको खतरा हाम्रो नियन्त्रण भन्दा बाहिर जानेछ र अकल्पनिय भयावह महामारीको सामना हामीले गर्नु पर्नेछ । देशमा त्यस प्रकारको स्थिति उत्पन्न हुन नदिन नेपाल सरकारद्वारा घोषित लकडाउनलाई पूर्ण रुपमा पालना गर्न हामी सम्पूर्ण नेपाली जनतासँग विशेष अपील गर्दछौं । लक डाउन सरकारको आफ्नो फाइदाका लागि होइन, हाम्रै जीवन रक्षाका लागि हो भन्ने तथ्यलाई हामी सबैले मनन गरौं । हामी जो जहाँ छौं त्यहि नै सुरक्षित तबरले सेल्फ क्वारेन्टाइनमा बसौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी निर्देशनहरुलाई अक्षरस पालना गरौं । अनावश्यक रुपमा घर बाहिर ननिस्कौं । साबुन पानीले नियमित रुपमा हात धोऔं वा सेनिटाइजरको प्रयोग गरौं । तातो पानी नियमित रुपमा पियौं । सर्तकता र सावधानी अपनाउँदै घर भित्रै सेल्फ क्वारेन्टाइनमा बसेर नै हामी कोरोना भाइरसको संक्रमणबाट जोगिन सक्ने छौं ।

कोरोना संक्रमणको खतराका कारण देश लक डाउनमा गएपछि हामी पनि पत्रिका प्रकाशन गर्न असमर्थ भएका छौं । यसबाट हाम्रा विद्वत पाठक वर्गमा पर्न गएको असुविधा प्रति हामी क्षमाप्रार्थी छौं । संकटपूर्ण यो घडीमा पनि पत्रकार आचार संहिताको समेत उल्लघंन गर्दै कतिपय अफवाहपूर्ण समाचारहरु आइरहेका छन । त्यसरी अफवाह फैलाएर आंतक सिर्जना गरिरहेका कतिपय विद्युतीय सञ्चार माध्यमहरुलाई प्रेस काउन्सील नेपालले कारवाहीको प्रक्रिया समेत अघि बढाएको छ । नेपाल पत्रकार महासंघले निरन्तर खबरदारी गरिरहेको छ । हामी प्रेस काउन्सील नेपाल र नेपाल पत्रकार महासंघले चालेका उक्त कदमहरुप्रति दृढ ऐक्यवद्धता जनाउन चहान्छौं ।

अपुष्ट र तथ्यहिन समाचारका पछि नलाग्न र आंतकित नहुन हामी सम्पूर्ण पाठक वर्गमा विनम्रतापूर्वक अनुरोध गर्दछौं । कोरोना भाइरस संक्रमणको त्रासका कारण उत्पन्न भएको संकटपूर्ण अवस्थामा समेत देशमा अनियमितता र भ्रष्टाचारका घटनाहरु अगाडि आइरहेका छन । कोरोना नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री खरिदमा समेत अनियमितता भएको र त्यसमा सरकारका मन्त्री र उच्च पदस्त अधिकारीहरु नै संलग्न रहेको समाचारहरु आइरहेका छन । भारतबाट आएका कैयौं नेपालीहरु सीमानामा अलपत्र परिरहेका छन । हप्तौं हुँदा समेत उनीहरुलाई स्वदेश ल्याउने पहल सरकारले गर्न सकिरहेको छैन । कोरोनाको आवश्यक जाँच र उपचार गर्नका लागि आवश्यक स्वास्थ्य सामग्रीहरु सरकारले अस्पतालमा पु¥याउन सकिरहेको छैन ।

कोरोना नियन्त्रण सम्बन्धी स्वास्थ सामाग्री र औषधि खरिदकालागी नेपाली सेना लाई जिम्मा दिने जुन निर्णय सरकारले गरेको छ, त्यो गलत भएको छ । यसले एकातर्फ सरकारको आफ्नो असफलता प्रस्ट पारेको छ भने अर्को तर्फ नेपाली सेनालाइ अनावश्यक रुपमा राजनैतिक बिबादमा तानेर कालान्तरमा देशको राजनीति माथीनै गम्भीर आघात पुग्ने खतरा सृजना गरिदिएको छ । यो राजनैतिक स्वार्थको रोटि सेक्ने समय होइन, सबै राजनैतिक दल र संघ÷संस्थाहरु समेत एकजुट भएर मानव जातीकै साझा शत्रुका रुपमा आएको कोरोना भाइरसलाई पराजित गर्ने तर्फ लाग्नु पर्ने समय हो यो । तर, यसको अर्थ देशमा भइरहेका अनियमितता, भ्रष्टाचार र सरकारका गलत कार्यको मौन समर्थन गर्नु पर्छ भन्ने किमार्थ होइन । त्यसको हामीले सशक्त विरोध गर्नै पर्दछ ।

सडकमा उत्रिएर नारा जुलुस गर्दैै विरोध गर्ने समय यो होइन तर सूचना प्रविधिको उच्चतम विकास भएको यो समयमा हामी सामाजिक सञ्जाल मार्फत पनि यसको सशक्त विरोध गर्न सक्छौं र त्यो गर्नु पर्दछ । तर त्यसरी विरोध गर्दा कागले कान लग्यो भन्दा आफ्नो कान नछामी कागको पछाडि दगुरे जसरी होइन यथार्थ तथ्यहरुका आधारमा नै गर्नु पर्दछ । विश्व स्वास्थ्य संगठनको सुझाव मुताविक नेपाल सरकारले घोषणा गरेको लक डाउनलाई पूर्ण रुपमा पालना गर्न हामी सम्पूर्ण जनतामा पुनः हार्दिक अपील गर्दछौं । लक डाउनको पूर्ण पालना गर्दै सर्तकता अपनाऔं । सर्तक बनौं तर आंतकित नहोऔं । र,अन्त्यमा कोरोना संक्रमणको त्रास हटेसँगै हाँक साप्ताहिकको प्रकाशनलाई पनि नियमितता दिइने सहर्ष जानकारी गराउन चाहन्छौं ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here