रिवाडी, २–३ जुन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य पश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत रेवाडी, नारनौल र नीमरानाको संयुक्त नगर सम्मेलन सम्पन्न भएको छ । नारनौल नगर समितिको नवौं तथा रेवाडी र नीमराना नगर समितिको छैठौं सम्मेलन रेवाडीमा सम्पन्न भएको हो ।
झमन सिंह थापाको सञ्चालन, रेवाडी नगर समितिका रामबहादुर खड्काको अध्यक्षता र नीमराना नगर समितिका देवराज पुनको स्वागत मन्तव्यबाट अगाडि बढेको सो सम्मेलनमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य मोतीराज गौतमको प्रमुख आतिथ्यता रहेको थियो ।
सम्मेलनबाट निर्वाचित तीनवटै नगर समितिहरुको घोषणा केन्द्रीय सदस्य नारायण शर्माले गर्नु भएको थियो ।
रिवाडी नगर समिति:
अध्यक्ष– राम बहादुर खड्का, उपाध्यक्ष– बिष्णु भंडारी, सचिव– ज्ञान प्रसाद शर्मा, सहसचिव– रीता केसी, कोषाध्यक्ष– जोग बहादुर आले रहेका छन् । त्यस्तै सदस्यहरुमा: तेजवीर घर्ती, देवेन्द्र केसी, वीरू पुन, शांति घिमिरे, वैकल्पिक सदस्यहरुमा: रूपेश रोका र ओवीराम जीएम रहेका छन् । सम्मेलनले जसवंत सिंह, गीता भंडारी, शेरू थापा र तोयरामलाई सल्लाहकार चयन गरेको छ । ९ पूर्ण, २ वैकल्पिक र ४ सल्लाहकार गरि १५ सदस्यीय रेवाडी नगर समितिको चयन गरिएको छ ।
नारनौल नगर समिति:
अध्यक्ष– कौशल सोनी, उपाध्यक्ष– दल बहादुर सोनी, सचिव– झम्मन सिंह थापा, उपसचिव– बाबूराम, कोषाध्यक्ष– रवि थापा रहेका छन् । त्यस्तै सदस्यहरुमा: ईश्वरी पांडेय, भुवन थापा, बिष्णु शर्मा पौडेल, पार्वती आचार्य, वैकल्पिक सदस्यमा: नरबहादुर चौहान र चन्द्र बहादुर गाहा रहेका छन् । सम्मेलनले प्रेम रमजाली, भगयान सिंह थापा, राजू शर्मा र सीमा सोनीलाई सलाहकारमा चयन गरेको छ । ९ पूर्ण, २ वैकल्पिक र ४ सल्लाहकार गरि १५ सदस्यीय नारनौल नगर समितिको चयन गरिएको छ ।
नीमराना नगर समिति:
अध्यक्ष– देवराज पुन, उपाध्यक्ष– हुमलाल भंडारी उपाध्यक्ष, सचिव– चेतमान पुन, सहसचिव– गोविंद घर्ती र कोषाध्यक्ष– चित्र बहादुर घर्ती रहेका छन् । त्यस्तै सदस्यहरुमा: पूर्ण भंडारी, रोमबहादुर पुन, चित्रमान पुन, खेमराज पुन, शोभराम घर्ती, वैकल्पिक सदस्यमा: तारा भंडारी र चन्द्र बहादुर घर्ती रहेका छन् । त्यस्तै सलाहकारमा मानबहादुर सुनार र पूर्ण बहादुर घर्तीलाई चयन गरेको छ ।
केन्द्रीय समितिका बाबुराम बस्नेत, क्षेत्रीय सदस्य रामप्रसाद घिमिरे, बसंत श्रेष्ठ, रक्तिम केन्द्रीय विभागबाट रिम राना, अखिल भारत नेपाली विद्यार्थी संघ केन्द्रीय समितिकी कृष्टि राई, क्षेत्रीय महिला विभाग की तिला केसी, जयपुर उत्तर नगर समितिका उपाध्यक्ष मंगल सिंह खड्का, जयपुर दक्षिण नगर समितिका सचिव बाबुराम थापा, भिवाडी नगर समितका काजीराम श्रेष्ठले नवनिर्वाचित तीनवटै नगर समितिहरुलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो ।
रेवाडी नगर सम्मेलनको उद्घाटन केन्द्रीय सदस्य मोतीराज गौतमले गर्नुभएको थियो । ज्ञान प्रसाद शर्माको संचालन र ईश्वरी आचार्यको अध्यक्षता र केन्द्रीय सदस्य नारायण शर्माले सम्मेलन सफलताको शुभकामना दिनुभएको थियो ।
सम्मेलनको अन्त्यमा रक्तिम सांस्कृतिक परिवार मध्य पश्चिमोत्तर क्षेत्रीय विभागका कलाकारहरुले भव्य सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।