रेलबाट खसेर दुर्गादत्त वास्तोलाको निधन

0
306

हैदरावाद । नेपालीहरु रोजगारीको सिलसिलामा भारत आउने क्रम पहिले जस्तो व्यापक नभए पनि जस्तोतस्तो भयपनि गरौं भन्ने सोंच बोकि आउने प्रक्रिया जारी नै छ । आबागमनका दौरानमा नेपाली माथी विभिन्न खाले समस्याहरु आइलाग्ने गर्दछन् । यहाँसम्म कि विभिन्न कारणले नेपालीहरुले ज्यान गुमाउनु पर्दछ ।

यसै दौरान मिति ६ मार्च २०१८ का दिन राप्तिसागर एक्सप्रेसमा चढि चेन्नई जानको लागि कन्चन गाउँपालिका ५ गर्गरे, सन्ढुवा रुपन्देही निवासी बर्ष ४६ का दुर्गादत्त बास्तोला गोरखपुरदेखि रेल चढेका थिय । उनीसँग रिजर्वेसन टिकट नभएको उनको साथमा आएका गोपालले बताए ।

“वेटिङ लिस्टको टिकट भएकोले आफूहरु कोच भित्र अव्यवस्थित रूपमा रहुनुपर्ने स्तिथि थियो” गोपालले भने “जसै रेल तेलङ्गान्ना राज्यको मन्चेरियाल र रामगुण्डमको बिचमा गुज्रिरहेको थियो ७ मार्चको साँझ करिब ७ बजे दुर्गादत्त बास्तोला रेलबाट अचानक खसे ।” त्यस पछी आफूले चेन्नईमा दुर्गादत्तका ठुलो छोरा पिताम्बार बास्तोलालाई गराएको बताए ।

घटनाको जानकारी मूल प्रवाह अखिल भारत नेपाली एकता समाज उत्तर हैदराबाद नगर समितिका सदस्य तेजेन्द्र प्रसाद पौडेलले पाएपछी नगर उपाध्यक्ष प्रजापति पौडेललाई जानकारी गराएका थिए । हैदराबाददेखि ३ सदस्यीय प्रतिनिधि मण्डल प्रजापति पौडेल, तेजेन्द्र प्रसाद पौडेल र जीवन पौडेल घटना स्थल

प्ुगेको थियो । मूल प्रवाह मन्चेरियालका सुरज बहादुर थापालाई सम्पर्क पश्चात प्रजापति पौडेलको अगुवाईमा गएको प्रतिनिधि मण्डलले मृत दुर्गादत्तलाई रेल्वे पुलिसले गोदावरी खानीको सरकारी अस्पतालको मुर्दाघरमा रहेको जानकारी प्राप्त गरेको थियो ।

उक्त प्रतिनिधि मण्डलको पहलमा ९ मार्चका दिन पोस्टमार्टम गरि दाहसंस्कार गरिएको थियो । उक्त घटनमा चेन्नईबाट मृतकका जेठा छोरा पिताम्बर बास्तोला, दाजु टिकाराम बास्तोला, आफन्त शिव बास्तोला को पनि उपस्थिति रहेको थियो । क्षेतिपुर्तीको लागि आबास्यक कार्यबाही अगाडि बढाउन पुलिस प्रशासनसँग माग गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here