जीवन पौडेल/बुखारेस्ट
२०२५/०३/३१
रोमानियाको राजधानी बुखारेष्टमा नेपाल राजदूतावास वर्लिन (जर्मनी ) र राहदानी विभागको समन्वयमा चैत्र १३ देखि १८ (तदनुसार २६ देखि ३१ मार्च २०२५) सम्म राहदानी सेवाका लागि घुम्ती शिविर सोमबार सम्पन्न भएको छ।
शिविर बाट १६ सय ३ जनाले पासपोर्ट नविकरण गरेका छन् भने कयौंले राजदुतावास बाट प्रदान गरिने कन्सुलर सेवाको लाभ उठाएका छन्।
रोमानियामा नेपाली राजदुताबास नहुनु र पछिल्लो समयमा अवैतनिक वाणिज्य दुत पनि नतोकिएको हुनाले हजारौं नेपालीहरु कन्सुलर सेवा बाट वञ्चित हुदै आईरहेका थिए ।
यस्तो अवस्थामा यो घुम्ती शिविरले रोजगारी को शिलशिलामा यहां रहेका नेपाली लाई यहाँको कानुनी प्रक्रिया बैधानिकता र कार्यस्थलमा हुने झन्झट तथा मापदंड लगायतका विषयमा जानकारी दिइएको थियो।