तिलक थापा, बागलुङ । राष्ट्रिय जनमोर्चा बागलुङले १० टाेली निर्माण गरेर फागुन महिना भरि सञ्चालन गरेकाे बिशेष संगठनात्मक अभियान विभिन्न पालिकामा सम्पन्न गरेकाे छ । जस अन्तरगत टाेली नं. ५ ले गलकाेट नगरपालिका वडा नं.१ दुदिलाभाटीमा प्रशिक्षण भेला सम्पन्न गरेकाे छ । प्रमुख अतिथि राष्ट्रिय जनमाेर्चा बागलुङका अध्यक्ष अमर थापाले वडा समितिका अध्यक्षलाई नविकरण सदस्यता प्रदान गरेर कार्यक्रमकाे उदघाटन गर्नु भएकाे थियाे । कार्यक्रमलाई संबाेधन गर्दै प्रमुख अतिथि थापाले देशलाई अनुदानकाे नाममा देशलाई परनिर्भर मुलुक बनाउने अधिकार कसैलाई छैन भन्दै नेपालकाे हित बिपरितकाे MCC सदन बाट पारित गर्न नहुने बताउनु भयाे । थप बाेल्दै थापाले याे देशकाे राष्ट्रिय स्वाधीनता लागि अग्रपंक्तिमा निरन्तर लड्दै अाएकाे पार्टी राष्ट्रिय जनमाेर्चाकाे अभियानलाई सशक्त पार्न अाग्रह गर्नु भयाे । कार्यक्रममा राष्ट्रिय जनमाेर्चा बागलुङका सल्लाहकार बेदिलाल सापकोटा, जिल्ला सदस्य तथा ग.न.पा. १ का वडा अध्यक्ष नेत्र बुढाथोकी, राष्ट्रिय जनमाेर्चा बागलुङका सल्लाहकार तथा नगर अध्यक्ष टंक के.सी., अखिल नेपाल शिक्षक संघका पुर्ण चाेखाल लगायतले मन्तव्य राख्नु भएकाे थियाे । कार्यक्रम वडा समिति अध्यक्ष तिल बहादुर गुरुङकाे अध्यक्षता, सचिव पुर्ण बहादुर खत्रीकाे सञ्चालन र काेषाध्यक्ष क्या. लिल बहादुर खत्री काे स्वागत मन्तव्यमा सम्पन्न भएकाे थियाे ।
टाेली नं. २ ले जैमिनी नगरपालिका वडा नं. ३ दमेकमा टाेल भेला तथा सदस्यता बितरण गरेकाे छ । कार्यक्रममा अखिल नेपाल जनजाति सम्मेलनका पुर्व सल्लाहकार नर बहादुर पुन, राष्ट्रिय जनमाेर्चा बागलुङका काेषाध्यक्ष दिल बहादुर दर्जी, रक्तिम सांस्कृतिक परिवार बागलुङका अध्यक्ष दान बहादुर थापा, राष्ट्रिय जनमाेर्चा जैमिनीका अध्यक्ष डिल बहादुर श्रीस, अखिल नेपाल जनजाति सम्मेलन गण्डकी प्रदेश सदस्य डम्मर थापा, राष्ट्रिय जनमाेर्चा जैमिनीका सदस्य हाेम बहादुर पुन लगायतले मन्तव्य राख्नु भएकाे थियाे । भेलाले अाेम बहादुर पुनकाे अध्यक्षतामा ७ सदस्यीय नाैला टाेल समिति गठन गरेकाे छ । जसकाे उपाध्यक्ष देबिलाल गाैतम, सचिव चिरञ्जीवी गाैतम, काेषाध्यक्ष खडक पुन सदस्यहरुमा तुल बहादुर पुन, छबिलाल पुन र गम्मर बहादुर पुन साथै सल्लाहकारमा थम्मन बहादुर श्रीस रहनुभएकाे छ । टाेलीले घरदैलो तथा व्यापक सदस्यता बितरण गरिरहेकाे छ ।
टाेली नं. ७ ले बडिगाड गाउँपालिका वडा नं. १ दगामा प्रशिक्षण भेला तथा सदस्यता बितरण गरेकाे छ ।कार्यक्रममा राष्ट्रिय जनमाेर्चा बागलुङका सदस्य तथा बडिगाड १ का वडा अध्यक्ष बाेम बहादुर थापा, अखिल नेपाल युवक संघका केन्द्रीय काेषाध्यक्ष भिमसेन वन, राष्ट्रिय जनमाेर्चा बडिगाडका सदस्य नरेन्द्र घर्ती, साेमान्त सलामी, राष्ट्रिय जनमाेर्चा बडिगाड १ का अध्यक्ष टीका बहादुर भुजेल, सदस्य जीत ब. दर्लामी, दील ब. दर्लामी लगायतले मन्तव्य राख्नु भएकाे थियाे । कार्यक्रम पतिराम पच्याकाे अध्यक्षता, टीका बहादुर पच्याकाे सञ्चालनमा सम्पन्न भएकाे थियाे । भेलाले जीत बहादुर दर्लामीकाे अध्यक्षतामा ६ सल्लाहकार सहित १७ सदस्यीय दगा टाेल समिति चयन गरेकाे छ । जसकाे उपाध्यक्ष किसन बि.क., सचिव टीका बहादुर पच्या, सहसचिव पशुपति वन, काेषाध्यक्ष दुर्गा थापा, सदस्यहरुमा वीर ब. पच्या, बिना वन, ईन्द्रा सिंजाली थापा, बन्दना सलामी, निलम थापा, मनरुपा पुन, सुशीला पच्या, चित्रा पच्या, धनमाया पच्या, नवीन बाेहरा, तिला पुन, रुनमाया सलामी सल्लाहकारहरुमा भीमसेन वन, साेमाा्त सलामी, पतिराम पच्या, नरिकला वन, दिल बहादुर दर्लामी, सन्तलाल वन रहनु भएको छ ।
टाेली नं. ८ ले ढाेरपाटन नगरपालिकाकाे बाेबाङमा प्रशिक्षण भेला तथा सदस्यता बितरण गरेकाे छ । कार्यक्रममा अखिल नेपाल बुद्धिजीवी संघका केन्द्रीय सदस्य दुर्गानाथ खरेल, राष्ट्रिय जनमाेर्चा बागलुङका सदस्य तथा ढाेरपाटन ७ का वडा अध्यक्ष दिपक थापा, जिल्ला सदस्य धन बहादुर अदै, लगायतले मन्तव्य राख्नु भएकाे थियाे ।