गोविन्द आचार्य
नवलपुर । राष्ट्रिय जनमोर्चा नवलपुर जिल्लाको चौथो जिल्ला सम्मेलन २०७६ वैशाख २८ गते जिल्लाको सदरमुकाम कावासोती बजारमा सम्पन्न भएको छ । सम्मेलनले १७ पूर्ण र ४ वैकल्पिक गरी २१ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ ।
सम्मेलनको उद्घाटन राष्ट्रिय जनमोर्चाको अध्यक्ष चित्रबहादुर के.सी.ले पानसमा बत्तीबालेर गर्नु भएको थियो । उद्घाटन मन्तव्यका साथै के.सी.ले सम्मेलन सफलताको शुभकामना दिनु भएको थियो । सम्मेलनलाई नेपाली काङ्ग्रेसका जिल्ला सचिव बालकृष्ण घिमिरे, नेकपाका गण्डकी प्रदेश सदस्य दिपक अधिकारी, देशभक्त तथा जनतान्त्रिक मोर्चाका पिताम्बर तिवारी, नेकपा (मसाल)का जिल्ला प्रवक्ता लेखनाथ शर्मा, राजमो गण्डकी प्रदेश इन्चार्ज राजेन्द्र ढुङ्गानाले शुभकामना दिनु भएको थियो । उद्घाटन समारोहमा राजमो राष्ट्रिय परिषद् सदस्य चन्द्र सापकोटा, महिला मोर्चाबाट विष्णु पाण्डे, जनजाति मोर्चाबाट कला राई, युवक मोर्चाबाट लालसिङ्क मल्ल, समता मोर्चाबाट रन बहादुर रिजाल, ट्रेड युनियनबाट सालिकराम सापकोटा, तराई मधेश जनवादी मोर्चाबाट रूपनारायण महतो, विद्यार्थी मोर्चाबाट कमला क्षेत्री, मूल प्रवाह एकता समाजबाट शिवलाल लामीछाको आतिथ्यता रहेको थियो । उद्घाटन समारोहको अध्यक्षका दीपक पाण्डे, सञ्चालन गिरबहादुर महतरा र स्वागत विकाराम चौधरीले गर्नुभएको थियो ।
सम्मेलनको उद्घाटन समारोह सुरुहुनुभन्दा पहिले “राष्ट्रियताको रक्षा गरौँ, सङ्घीयता खारेज गरौँ, राष्ट्रघाती नागरिकता संशोधन विधेयक २०७५ खारेज गरौँ”भन्ने मूल नाराका साथ हजारौँ जनताको सहभागितामा फलफुल चोकबाट सुरु भई गणेशमान चोक, कुमारवर्ती क्याम्पस, कावासोती नगरपालिका, दुरसञ्चार हुँदै पुन सभाहलमा पुगि उद्घाटन समारोहमा परिणत भएको थियो ।
सम्मेलनको उद्घाटन समारोहपछि बन्दशत्र सुरु भएको थियो । बन्दसत्रमा राजनीतिक प्रतिवेदन, आर्थिक प्रतिवेदनमा व्यापक छलफलपछि पारित गरेको थियो । प्रतिवेदनहरू पारितपछि अध्यक्ष दिपक पाण्डे, उपाध्यक्ष विकाराम चौधरी, सचिव गिर बहादुर महतरा, कोषाध्यक्ष नारायण देवकोटा, सह–सचिव लक्ष्मी वि.क., सदस्यहरूमा गिरी कृष्ण अर्याल, नरबहादुर वि.क., पुरन गिरी, टेकराज पौडेल, डम्वर के.सी., दुर्गा लम्साल, धनमाया मल्ल, लालू खरेल, शशी पौडेल, कृष्ण सापकोटा, रूपनारायण महतो, खड्क बहादुर क्षेत्रीलाई सम्मेलनले जिल्ला समितिमा निर्वाचित गरेको थियो । वैकल्पिक सदस्यहरू डिल्ली पौडेल, कृष्ण सापकोटा, विष्णु गिरी, देवीलाल आले रहनुभएको छ ।