अध्यक्षमा गणेश आचार्य
दाङ । राष्ट्रिय जनमोर्चा दाङको चौथो जिल्ला सम्मेलन जेठ ४ र ५ गते सदरमुकाम घोराहीमा सम्पन्न भएको छ । जिल्ला सम्मेलनले गणेश आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
उपाध्यक्षमा महेश रिजाल, सचिवमा वसन्त पौडेल, सहसचिवमा ऋषिराम पौडेल र कोषाध्यक्षमा श्यामलाल पोख्रेललाई चयन गरेको छ । जिल्ला कार्यसमितिका सदस्यहरुमा शुक्रराज भण्डारी, तुलबहादुर योगी, चन्द्रबहादुर नेपाली, खडानन्द खनाल, दीनमणि आचार्य, पदमप्रसाद गोराथोकी, केशवराज खनाल, सुशील पोख्रेल, ठाकुरप्रसाद आचार्य, हुमा मास्के, कृष्णा राना, कुलचन्द्र पोख्रेल, नवराज शर्मा, शारदा चौधरी, कपिलदेव खनाल, देवबहादुर बिक, ठाकुरप्रसाद भण्डारी, लिलाबहादुर पुन, राम फकिरे रैदास, टुकमान कुँवर, तिलकराम घर्ती रहेका छन् । दुई स्थान रिक्त राखिएको छ ।
सल्लाहकारहरुमा नुमाकान्त आचार्य, नरबहादुर केसी, रमेशमान गुरुङ, द्रोण घर्ती, दिलीपराज खनाल, गुणनिधि शर्मा र ढुण्डीराज खनाल रहेका छन् ।