असौज २२, बुटवल । राष्ट्रिय जनमोर्चा केन्द्रीय समितिको हालै बसेको बैठकले केन्द्रीय समितिमा ३३ प्रतिशत महिलाहरुलाई नियुक्ति गरेको छ । पार्टी अध्यक्ष चित्र बहादुर केसीले बैठक पछि एक विज्ञप्ती जारी गरि सो जानकारी दिनुभएको हो । निर्वाचन आयोगले राजनीतिक दलहरुलाई तिनका केन्द्रीय समितिमा महिला सदस्यको संख्या कम्तीमा ३३ प्रतिशत बनाउन परिपत्र गरेको थियो । निर्वाचन आयोगको सो निर्देशनलाई पालना गर्दै राष्ट्रिय जनमोर्चाले ३७ सदस्यीय केन्द्रीय समितिमा २४ जना सदस्यहरु पुरुष र १३ जना महिला सदस्यहरु सहितको पूर्ण समिति चयन गरेको छ । त्यस्तै ६ जना सल्लाहकारमा पनि ३३ प्रतिशत महिलाको संख्या बनाइएको केसीले विज्ञप्तीमा जानकारी गराउनु भएको छ ।
कर बृद्धि, महंगी, भ्रष्टाचार, वलात्कार, हत्या, हिंसा, संघीयता र राष्ट्रहित विरोधी नारिकता विधेयक विरुद्ध विरोधका कार्यक्रमहरु आगामी पौषको तेस्रो हप्तासम्म गर्ने ठेगान गरेको विज्ञप्तीमा उल्लेख छ । संघर्षका कार्यक्रमहरुमा सभा, कोणसभा, जुलुस, पर्चा वितरण, गोष्ठी, अन्तरक्रिया, पत्रकार भेटघाट इत्यादि केसीले विज्ञप्ती मार्फत जानकारी दिनुभएको छ । राष्ट्रिय जनमोर्चाको केन्द्रीय समितिको बैठकले त्यस्तै कैयौं जनपक्षिय कर्याक्रमहरुको योजना बनाएको समेत विज्ञप्तीमा उल्लेख छ ।
प्रस्तुत छ विज्ञप्तीको पूर्णपाठ:
“राष्ट्रिय जनमोर्चा, केन्द्रीय समितिको नवौं बैंठक मिति २०७५ असोज २१गते बुटवलमा बस्यो । यो बैंठकले केन्द्रीय समितिमा ३३ प्रतिशत महिला सदस्य पुर्याउन, संगठन तथा संघर्षका कार्यक्रम बनाउनका लागि बसेको हो । यी विषयहरुमा बैठकले गरेका महत्वपूर्ण निर्णयहरुलाई सार्वजनिक गर्न यो प्रेस वक्तव्य जारी गरिएको छ ।
१. राजनैतिक दल सम्बन्धी नयाँ कानूनी व्यवस्था अनुुसार निर्वाचन आयोगले राजनीतिक दलहरुलाई तिनका केन्द्रीय समितिमा महिला सदस्यको संख्या कम्तीमा ३३ प्रतिशत बनाउन परिपत्र गरेको थियो । यो बैठकले ३७ सदस्यीय केन्द्रीय समितिमा फेरबदल गरि १३ जना महिला सदस्य र २४ जना पुरुष सदस्य कायम गरेको छ । जस अनुसार समितिमा महिलाको संख्या ३५ प्रतिशत र पुरुषको संख्या ६५ प्रतिशत भएको छ । ६ जना सल्लाहाकारमा पनि ३३ प्रतिशत महिलाको संख्या बनाईएको छ । त्यस अनुसार अब केन्द्रीय समिति यसप्रकार कायम भएको छ ।
अध्यक्ष– चित्रबहादुर के.सी. (वाग्लुङ) कार्यकारी अध्यक्ष– रेश्मीराज नेपाली (दाङ), उपाध्यक्ष– बद्रे आलम (रुपन्देही), उपाध्यक्ष तथा प्रवक्ता– दुर्गा पौडेल (प्युठान), महासचिव– जनकराज शर्मा (सुर्खेत), सचिव– हिमलाल पुरी (पर्वत), कोषाध्यक्ष– ओमबहादुर के.सी. (दाङ), सदस्यहरु– मनोज भट्ट (डोटी), कृष्णबहादुर खड्का (प्युठान), राजेन्द्र ढुंगाना (वाग्लुङ), डम्बर पुरी (चितवन), नन्दराज भट्ट (कैलाली), रत्नविक्रम प्यासी राना (सुर्खेत), लक्ष्मी बास्कोटा (वाग्लुङ), लोकेन्द्र लम्साल (कञ्चनपुर), देवजंग शाही (कालिकोट), कर्ण थापा (बारा), सोमकुमार कार्की (पाल्पा), लालबहादुर जाग्री (डडेल्धुरा), झविलाल थापा (अर्घाखाँची), घनश्याम न्यौपाने (काठमाडौं), कमला जि.सी. (दाङ), तारा पौडेल (चितवन), तारा जि.सी. (प्युठान), पियारी थापा (वाग्लुङ), लालबहादुर थापा (काठमाडौं), कृष्णा रावल (सुर्खेत), कल्पना भण्डारी (बझाङ), तारा थापा (गुल्मी), इन्दीरा ज्ञवाली (रुपन्देही) । बैकल्पीक सदस्यहरु: यमलाल पोख्रेल (अर्घाखाँची), हेमकुमार गरुङ्ग (शंखुवासभा), बलबहादुर भण्डारी (हुम्ला), चिन्तामणी शर्मा (काठमाडौं), लक्ष्मी केसी (काठमाडौं), राधा खतिवडा ढकाल (मोरङ) । सल्लाहकारहरु: काजिलाल वाईवा (सिराहा), दानबहादुर चौधरी (कञ्चनपुर), मोमिना खातुन (बाँके), शेरबहादुृर विक (कैलाली), रामवावु फुयााल (काठमाडौ) र मञ्जु परियार (कञ्चनपुर)
२. आगामीपौष २७ र २८ गते राष्ट्रिय परिषदको बैठक बस्ने निर्णय भएको छ ।
३. कर बृद्धि, महंगी, भ्रष्टाचार, वलात्कार, हत्या, हिंशा, संघीयता र राष्ट्रहित विरोधी नारिकता विधेयक विरुद्ध विरोधका कार्यक्रमहरु आगामी पौषको तेस्रो हप्तासम्म गर्ने ठेगान भएको छ । संघर्षका कार्यक्रमहरुमा सभा, कोणसभा, जुलुस, पर्चा वितरण, गोष्ठी, अन्तरक्रिया, पत्रकार भेटघाट इत्यादि जे सम्भावना छ, त्यसप्रकारका कार्यक्रमहरु गरिनेछन् ।
४. केन्द्रीय समितिका विभाग र समिातिहरुको पुर्नगठन गरिएको छ । पुर्नगठीत विभागहरुमा– संगठन विभाग प्रमुख– रश्मीराज नेपाली, स्थानीयतह परिचालन विभाग प्रमुख– चित्रबहादुर केसी, आर्थिक विभाग प्रमुख– ओमबहादुर केसी, साँस्कृतिक विभाग प्रमुख– हिमलाल पुरी, अनुशासन विभाग प्रमुख– जनक राज शर्मा र प्रकाशन विभाग प्रमुख– घनश्याम न्यौंपाने हुनुहुन्छ । त्यसैगरि संसदीय समितिको संयोजक– चित्रबहादुर केसी, प्रचार समितिको संयोजक– मनोज भट्ट, विकास समितिको संयोजक– राजेन्द्र ढुंगाना, पर्यटन समितिको संयोजक– दुर्गा पौडेल र लेखा समितिको संयोजक– लालबहादुर थापा हुनुहुन्छ ।
५. प्रदेश समितिको पुर्नगठन गरिएको छ । प्रदेशइन्चार्जहरुमा पनि हेरफेर भएको छ ।
१ नं. प्रदेश इन्चार्ज– हिमलाल पुरी र प्रदेश समिति अध्यक्ष– योगेन्द्र ढकाल । २ नं. प्रदेश इन्चार्ज– हिमलाल पुरी र प्रदेश समिति अध्यक्ष– काजीलाल वाइवा । ३ नं. प्रदेश इन्चार्ज– जनकराज शर्मा र प्रदेश समिति अध्यक्ष– लालबहादुर थापा । ४ नं.प्रदेश इन्चार्ज– राजेन्द्र ढुंगाना र प्रदेश समिति अध्यक्ष– शंकर बराल । ५ नं. प्रदेश इन्चार्ज– रश्मीराज नेपाली र प्रदेश समिति अध्यक्ष– बोमबहादुर खत्री । ६ नं. प्रदेश इन्चार्ज तथा प्रदेश समिति अध्यक्ष रत्नविक्रम प्यासी । र ७ नं. प्रदेश इन्चार्ज मनोज भट्ट र प्रदेश समिति अध्यक्ष नन्दराज भट्ट हुनुहुन्छ ।
६. सातवटै प्रदेशमा विभिन्न विषयहरुमा अन्तक्र्रियात्मक गोष्ठी गर्ने ठेगान भएको छ । उक्त गोष्ठीको लागि मुख्य वक्ताहरु पनि ठेगान भएको छ ।
७. देशमा पर्यटन विकासको लागि पर्यटन समितिले विभिन्न कार्यक्रमहरु तय गरेको छ । विभिन्न जिल्लाहरुमा पर्यटन समितिहरुको गठन गर्ने, जिल्लाहरुमा पर्यटन विकासको सम्भावनाहरु खोजेर त्यसको जानकारी केन्द्रमा पठाउने, नयाँ वर्षमा पर्यटन सम्बन्धि पत्रीका प्रकाशन गर्ने र आगामी फागुन महिनामा प्युठानमा “ओखरकोट म्याराथुन दौड” हुनेछ ।”