गुडगाव । हालै बनेको ओली सरकारलाई राष्ट्रियता माथि कुनै पनि खतरा नमोल्न पूर्व सांसद हरि आचार्यले सुझाएका छन् । भारतस्थित नेपालीहरुको सामाजिक संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सल्लाहकार एवं पूर्व सांसद हरि आचार्यले– नेपालको संविधानको कुनै एउटा धारा संशोधन गरियो भने राष्ट्रियता धरापमा पर्ने बताए ।
११ मार्चका दिन सम्पन्न मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति गुडगाव अन्तर्गत पूर्वी एरिया समितिको आठौं र पश्चिमको १० औं एरिया सम्मेलनको संयुक्त घोषणा सभालाई सम्बोधनको क्रममा नेता आचार्यले अगाडि भने– “देशको सार्बभौमसत्ता माथि बिखण्डनको खतरा तथा समाजिक सदभाव खलबलाई रहेको र नेपाली जनता माथि करको बोझ लादिएको छ” संघीयताको विरोध गर्दै आचार्यले भने– “अहिले भारतप्रस्त मदेशवादीहरुलाई सरकारमा सामेल गराउन उनीहरूले उठाउने गरेको संबिधान संशोधनको मागलाई सम्बोधन गर्ने बाचा गरिएको छ ।”
वर्तमान वामगठबन्धन सरकारप्रति इंकित गर्दै उनले भने “अहिले सत्तामा पुगेका दलहरूले जनतालाई भ्रम बाहेक केही दिन नसक्ने प्रष्ट छ, किनकि उनीहरु जनता जनादेश भन्दा पनि वैदेशिक शक्ति केन्द्रलाई खुशी पार्न भारत प्रस्त बिखण्डनकारीहरुलाई समेत सत्तामा लैजादैछ्न ।”
संविधानसभा द्वारा नेपाली जनताले बनाएको संबिधान संशोधन गरि जनसंख्याको अधारमा निर्वाचन क्षेत्र बनाउँदा वर्तमान संबिधानको मुल मर्म धर्मनिरपेक्ष, गणतन्त्र नै धरापमा पर्ने खतरा उत्पन्न भएकोमा नेता आचार्यले चिन्ता व्यक्त गरे ।
“जनताको मुक्ति नयाँ जनवादी क्रान्ति बिना सम्भव छैन, त्यसको लागि जनताको चेतना स्तर वृद्धि गर्नुपर्ने आवश्यक छ ।” नेता आचार्यले भने– “नेपाली राजनीतिको इतिहास, वर्तमान र भविष्यलाई पनि आंकलन गर्दा भारत स्थित नेपालीहरुको महत्वपूर्ण भूमिक रहेको छ ।”
समुन्द्र सिंह गौतमको अध्यक्षता एवं गोपाल भट्टराईको सञ्चालनमा अगाडि बढेको सो घोषणा सभामा ज्ञात अज्ञात सहिदहरु प्रति एक मिनेटको मौनधारण गरिएको थियो । दल बहादुर जिसीले स्वागत मन्तव्य पश्चात रक्तिमका कलाकारहरुले सांगितिक स्वागत गरेका थिए । केन्द्रीय सचिव ठाकुर खनालले नयाँ कार्यकारीको घोषणा गरेका थिए ।
गुरुग्राम पश्चिमः
सम्मेलनले चेत बहादुर रानाको अध्यक्षतामा ९ पूर्ण सदस्य ३ बैकल्पिक सदस्य र ३ सल्लाहकार गरि १५ सदस्यीय समिति निर्वाचित गरेको छ । जस्माः उपाध्यक्ष– लिल बहादुर सुनार, सचिव– खुमबहादुर सुनार, सहसचिव– रितमान सुनारी र कोषाध्यक्ष– गम बहादुर सुनार रहेका छन् । त्यस्तै सदस्यमाः जुवाखर घिमिरे, करन बहादुर सुनार, समुन्द्र सिंह गौतम, शिवलाल रेग्मी, बैकल्पिक सदस्यमा दान बहादुर राना, हरि बहादुर सुनार र सुरज राना रहेका छन् । ईमान सिंह सुनारी, हुमान सिंह सिंजाली र राजेन्द्र शर्मालाई सल्लाहकार चयन गरिएको छ ।
गुरुग्राम पुर्वी :
सम्मेलनले दल बहादुर जिसीको अध्यक्षता १५ पूर्ण सदस्य ४ बैकल्पिकसदस्य ६ सल्लाहकार गरि २५ सदस्यीय समिति चयन गरेको छ । जसमाः उपाध्यक्ष– कमल खनाल, सचिव– प्रकाश गतराज, सहसचिव– दिल बहादुर विक र कोषाध्यक्ष– सुदेव पाण्डे रहेका छन् । त्यस्तै सदस्यमाः धर्म केसी, जीत बहादुर परियार, गोपाल खनाल, नारायण खनाल, मदन भुसाल, दलवीर सुनार, माधव, परियार, दुर्गा बहादुर राना, सुरज विक, जीवन भुसाल, बैकल्पिक सदस्यमा मान बहादुर परियार, बसन्त नेपाली, लेखनाथ बण्जाडे र केशव विक रहेका छन् । बुद्दी गुरुङ, कृष्ण अधिकारी, आनन्द विक, गोविन्द थापा, कृष्ण रेग्मी र प्रकाश महत सल्लाहकार चयन भएका हुन्छ ।
नवनिर्वाचितहरुलाई अखिल भारत नेपाली विद्यार्थी संघ पश्चिमोत्तर क्षेत्रीय सचिव शिवराज पाण्डे, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिमोत्तर क्षेत्रीय समितिबाट रन बहादुर थापा, कमल रायमाझी, नगर अध्यक्ष सुरज गतराज, महिला बिभागकी सुमित्रा थापा, केन्द्रीय पार्षद सुरेशकुमार पाण्डे, समता केन्द्रीय बिभागका रामबहादुर विक, जनजाति केन्द्रीय बिभागका सेरबहादुर थापा, प्रवासी नेपाली जनसमाज गुरुग्रामका दिपेन्द्र सिंह ऐरी लगायतले बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएका थिए ।
कार्यक्रमको अन्तमा रक्तिम गुडगावका कलाकारहरुले रंगारंग साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए