राष्ट्रियता, जनजिविकाको पक्षमा केन्द्रीत होस् पत्रकारिता : सांसद पौडेल

0
593

खस्यौली साप्ताहिकको पाँचौ बार्षिकोत्सव

बुटवल । खस्यौली साप्ताहिकले पाँचौ बार्षिकोत्सव एक समारोहका मनाएको छ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष एंव प्रतिनिधि सभा सदस्य दुर्गा पौडेलको प्रमुख आतिथ्यतामा सो बार्षिकोत्सव कार्यक्रम सम्पन्न पारिएको हो ।

सांसद पौडेलले सो अवसरमा बोल्दै राष्ट्रियता, जनजिविकाको सवालमा केन्द्रीत पत्रकारिता गर्न आग्रह गरिन ।
उनले राष्ट्रियताको भावना जागृत गराउने काममा सञ्चारमाध्यम लाग्ने प्रकारको पत्रकारिताको खाँचो रहेको बताईन । “अब संघीयतामा मूलूक गएकाले यसबाट के कस्तो असर पर्छ त्यसबारे सञ्चारमाध्यमले खबरदारी गर्नुपर्ने आवश्यक छ ।”

नेपाल जस्तो सानो देशमा संघीयता भन्दा पनि स्थानीय स्वायत्त शासन सहितको विकेन्द्रित शासन प्रणाली उपयुक्त हुन्छ । अहिले संघयीतापछि राजधानीको बिषयमा देखिएका विवादहरु नै त्यसका ज्वलन्त उदाहरण रहेको सांसद पौडेलले बताइन् ।

खस्यौलीले स्थानीय मुद्धालाई प्राथमिकता दिएको बताउँदै त्यसलाई निरन्तरता दिंदै आगामि दिनमा अझ राम्रो बनाउन अखिल छैठौका केन्द्रीय अध्यक्ष विमल पोखरेलले सुझाव दिएका थिए ।

खस्यौलीका प्रकाशक देवेन्द्र कुँवरको अध्यक्षता, प्रबन्ध निर्देशक विरेन्द्र कुँवरको स्वागतमा भएको कार्यक्रमको सञ्चालन सम्पादक विनोद परियारले गरेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसि, पूर्व अध्यक्ष शेरबहादुर केसी, पूर्व सल्लाहाकार सुमन अधिकारी, रुपन्देही उद्योग संघका अध्यक्ष गणेश अधिकारी, रुपन्देही व्यापार संघका द्धितिय उपाध्यक्ष डिल्लि भण्डारीले, प्रेस यूनियन रुपन्देहीका सभापति विक्रम खड्का, प्रेस सेन्टर रुपन्देहीका अध्यक्ष भुवन कार्की, प्रगतीशिल पत्रकार संघ, नेपाल रुपन्देहीका अध्यक्ष श्यामलाल पोखरेल, क्रान्तिकारी पत्रकार संगठन रुपन्देही अध्यक्ष प्रकाश डुम्रे, फोनिज रुपन्देही अध्यक्ष मिलन गाहाको पनि आतिथ्यता रहेको थियो ।

(फोटो: देबेन्द्र कुावरको फेसबुक वालबाट)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here