भिवाडी । बिगत वर्षहरुमा जस्तै यसपाली पनि २०७५ सालको शुभदिपावालीको पावन अवसरमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति भिबाडीले देउसी भैलो कार्यक्रम भाइटिकाको दिन धारूहेडामा सम्पन्न गरेको छ ।
आ–आफ्नो रोजिरोटी र रोजगारीको शिलसिलामा प्रबासिन वाध्य आम नेपाली दाजुभाइ तथा दिदिबहिनिहरुलाई प्रवासमै चेली माइतिको समधुर सम्बन्ध राख्न र भाइचारा आदानप्रदान गर्दै देउसी भैलो खेली दिपावलीको खुसियाली मनाउने बाताबरण बनेको थियो ।
समितिका सचिव कृष्टि राईको सञ्चालनमा तथा केन्द्रीय सल्लाहकार बाबुराम बस्नेतको बिशेष अतिथिमा सुरु भएको उक्त भैलो कार्यक्रम अनुशासित रुपमा ३ दिन सम्म चलेको थियो । उक्त प्रगतिशिल देउसीभैलो कार्यक्रममा सहभागी सम्पुर्ण दाजुभाइ दिदिबहिनी तथा आमाबुबाहरु आफ्नो दुख कष्ट भुलेर आफ्नो परम्परा र सांस्कृतिको आनन्द लिएका थिए । समितिका अध्यक्ष काजीराम श्रेष्ठले दशै, तिहार जस्ता चाडबाडको अवसरमा प्रबासमा हुने यस्ता कार्यक्रमले आम प्रवासी नेपालीहरुलाई एक आपसमा भाइचारा बढाउने र बिबिध समस्यासँग संघर्ष गर्न सहयोग पुग्ने भन्दै तिहारका थप बिशेषताको बारेमा बताउनुभएको थियो ।
अध्यक्ष श्रेष्ठले आफु देउसी भैलो कार्यक्रमवाट प्रभाबित हुदै खुशी रहेको र प्रवासमै रहेर पनि नेपाली कला सस्कृती को जगेर्नामा खटनु भएको सम्पुर्ण टिम लाई धन्यवाद दिदै यस्ता खालका कार्यक्रमहरुबाट नेपालीहरु बिच एक आपसमा सम्बन्ध सुमधुर हुदै जाने र भोलिका दिनहरुमा अझ राम्रा कामहरु गर्दै जान देउसी भैलोको कार्यकबाट सम्पुर्ण नेपालीहरु बिच हौसला मिलेको भन्दै सबैलाई तिहारको शुभकामना दिनुभएको थियो । साथै सबै नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई मूल प्रवाहको झण्डा मुनि गोलबन्द हुन आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा केन्द्री सल्लाहकार बाबुराम बस्नेत, क्षेत्रीय सदस्य राम प्रसाद घिमिरे, रक्तिम क्षेत्रीय सदस्य रामबहादुर थापा तथा यस समितिका भुपु कार्यकता (हाल दिल्ली) कमल शर्मा लगायतले आ–आफ्नो मन्तव्य राख्नुभएको थियो ।