राजमो वडा भेला सम्पन्न

0
117

काठमाडौं । भाद्र २३ र २४ गते का दिन पाँचौ जिल्ला सम्पन्न गर्न गैरहेको राष्ट्रिय जनमोर्चा, काठमाडौंका विभिन्न गतिविधिहरु जारी छन् । यसै सन्दर्भमा काठमाडौं महानगर अन्तरगत ३ नं. वडा भेला भाद्र २ गतेका दिन सम्पन्न भएको छ ।

जेष्ठ सदस्य लेखनाथ शर्माको अध्यक्षतामा भएको भेलाले हिरा रोका जि.सी.को अध्यक्षतामा ९ सदस्यीय वडा समितिको गठन गरेको छ । जसको सचिव कमल परियार, कोषाध्यक्ष दानबहादुर खड्का र सदस्यहरुमा लेखनाथ शर्मा, मिना के.सी., पदम पौडेल, सुनीता शर्मा, राजु बराल र राधा खड्का हुनहुन्छ ।

भेलामा पाँचौ जिल्ला सम्मेलन तयारी समितिका अध्यक्ष समिर सिंह तथा जिल्ला सदस्य दिवाकर सुवेदीको विशेष उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here