राजमो बागलुङद्वारा प्रशिक्षण र राहत वितरण

0
166

भदौ २, बाग्लुङ । राष्ट्रिय जनमोर्चा बागलुङको प्रशिक्षण तथा राहत वितरण कार्यक्रम निसीखोला गाँउपालिकामा सम्पन्न भएको छ ।

प्रशिक्षण कार्यक्रममा राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष अमर थापा, जिल्ला सदस्यहरु गौरीश्वर पाण्डे, खिमबिक्रम शाही र अखिल नेपाल शिक्षक संघ बागलुङका सदस्य भुमिराज आचार्यले देशको समसामयिक बिषयमा प्रशिक्षण दिनु भएको थियो ।

कार्यक्रम राष्ट्रिय जनमोर्चा निसीखोला गाँउपालिका अध्यक्ष थमनघर्ती मगरको अध्यक्षता र सदस्य मिलन हमालको सञ्चालनबाट अगाडि बढेको थियो । कार्यक्रममा २०७५ श्रावण ३० गतेको पहिरोमा परी मृत्यु भएका धनकुमारी शाही र डल्ली कुमारी शाहीका परिवारलाई राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष अमर थापाद्धारा १०/१० हजारका दरले र घर क्षति भएको छापाखानीका यम कुमारी सेनलाई रु. ५ हजार राहत प्रदान गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here